नेपाली फिल्म ‘पञ्चतामृत’मा अभिनेता धिरज मगर अनुबन्धित भएका छन्। मुस्कान ढकालले निर्देशन गर्ने यो फिल्ममा यसअघि नै सौगात मल्ल, उत्तम प्रधान, दुई नायिका निरुता सिंह र विपना थापा फाइनल भैसकेका छन्।
भदौबाट छायांकन सुरु हुने फिल्ममा अत्यात्मिक लभ स्टोरी उठान गरिने छ। पछिल्लो पटक फिल्ममा अनुबन्धित भएका धिरज र निर्माण पक्षबिच औपचारिक सम्झौता भैसकेको छ।
फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’पछि धिरजले नयाँ फिल्म साइन गरेका थिएनन्। मुस्कानले धिरजलाई २ महिना अगाडि नै फिल्मका लागि अफर गरेका थिए। तर, धिरजले फिल्ममा का मगर्ने निधो गर्न केही समय लगाए।
फिल्मका लागि अर्की एक नायिका अनुबन्धित गर्ने तयारीमा निर्देशक रहेका छन्।
15
Shares

प्रतिक्रिया