नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन्। यसै क्रममा ‘यो तीजको लहर हो’ बोलको म्युजिक भिडिओ सार्वजनिक भएको छ। यस गीतमा २ चर्चित गायिकाहरू मेलिना राई र अन्नु चौधरीको सुमधुर स्वर सुन्न सकिन्छ।
डीपी खनालको शब्द रहेको यस गीतमा तारा प्रकाश लिम्बुको संगीत रहेको छ। गीतलाई देबेश राईले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडिओमा स्मारिका ढकाल, समारिका ढकाल, दिपा शाही, सुशीला थापा, आभा थापा र बिना राउत लगायत कलाकारको अभिनय रहेको छ। अर्जुन तिवारीको छायाँकन गरेको यस भिडिओमा राजीव समरको कोरियोग्राफी रहेको छ।
सुप्रिम पराजुलीले सम्पादन गरेको यस भिडिओलाई शान थापाको निर्देशनमा तयार पारिएको हो। नोभिस आर्टसको निर्माण रहेको यस गीतको भिडिओलाई ‘नोभिस आर्टस’को युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।
Shares
प्रतिक्रिया