कला


शेराले ९ कक्षामा पढ्दा लेखेका थिए 'तेनु काला चश्मा'

शेराले ९ कक्षामा पढ्दा लेखेका थिए 'तेनु काला चश्मा'

नेपालखबर
असार २६, २०८० मंगलबार ९:३८, काठमाडौँ

कट्रिना-सिद्धार्थ अभिनित फिल्म ‘बार बार देखो’ को 'तेनु काला चश्मा जँचता है' ले टिकटकमा लामो समय राज गर्‍यो। अफिसियल च्यानलमा अपलोड भएको उक्त गीत अहिलेसम्म ९१ करोड ७३ हजार जनाले हेरिसकेका छन्।

उक्त हिट गीतका लेखक हुन् भारतीय प्रहरीका हेड कन्स्टेबल अमरिक सिंह शेरा। उनले उक्त गीत सन् १९९० मा ९ कक्षामा पढ्दा लेखेका थिए। त्यो बेला उनी पहिलो पटक घरायसी कामका लागि चण्डीगढ गएका थिए, बस त्यहाँको टर्मिनल अगाडि रातो बत्तीमा रोकियो। झ्यालबाट बाहिर हेर्दा उनले कालो चश्मा लगाएकी एक गोरी केटीलाई देखे।

उनलाई नजिकै उभिएको एक प्रहरी जवानले घुरिरहेको थियो। त्यही बेला उनको मनमा एउटा भाव आयो र डायरीमा लेखे, 'तेरे नाम दिएँ धुमान पायी गई, तुम चण्डीगण तो आयी न, तैनु भेख के होके भरदे ने काठे चौकान विचार सिपाही नहीँ, धोडी ते काला तिल कुडिय, जिवे दाग छन्ना दे मुखदे चम्किए, तेनु काला चश्मा जँचता ए गोरे मुखदे ते।'

त्यो गीत लेखेपछि उनी रेकर्डका लागि धेरै गायक, कलाकार र संगीतकारको ढोका धाए। तर सबैले गीत रेकर्ड गर्न अस्वीकार गरे। 

पछि एकपटक अमर अर्शीले पहिलोपटक स्टेजमा त्यो गीत गाए। माहोल निकै गर्मायो। अनि उनले गीत पनि रेकर्ड गरे सन् १९९० मै। त्यतिबेला इंग्ल्यान्डमा त्यो गीत रेकर्ड भएको थियो। पछि सन् १९९४ मा भारतको क्याट्रेक कम्पनीले पुन:रेकर्ड गर्‍यो।

गीत हिट भएपछि पनि शेराले धेरै गीत कम्पनीलाई दिए। तर पारिश्रमिक पाएनन्। अनि गीतै लेख्न छाडिदिए।

सन् २०१० मा उनले पञ्जाव प्रहरीमा जागिर खाए। 

इन्टर सर्भिस ट्रेनिङ सेन्टरले एउटा सिमेन्ट कारखानाको उद्घाटन समारोहमा गाउने भन्दै उनीबाट त्यो गीतको अधिकार लियो। त्यसका लागि उनले ११ हजार पारिश्रमिक पाए। तर सन् २०१६ मा बनेको 'बार बार देखो'मा एकाएक उनको गीत आयो। आफूसँग गीतबारे सम्झौता नभएको भन्दै शेराले त्यसबेला आपत्ति पनि जनाएका थिए।

फिल्ममा आएपछि त्यो गीतले पुन: सफलता पायो। एक वर्षअघि नेपालमा टिकटकमा उक्त गीतले निकै तहल्का मच्चाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad