ad ad

कला


हिन्दी फिल्ममा देखाइने दृष्यका कारण नेपालीहरू पाकिस्तान जान डराउँछन् : बालेन

हिन्दी फिल्ममा देखाइने दृष्यका कारण नेपालीहरू पाकिस्तान जान डराउँछन् : बालेन

नेपालखबर
असार २५, २०८० सोमबार १३:४५, काठमाडौँ

काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)ले दक्षिण भारतीय चलचित्र आदिपुरुषलाई संसारभर प्रतिबन्ध लगाउनुपर्ने बताएका छन्।

भारतीय मिडिया दैनिक भाष्करमा अन्तर्वार्ता दिँदै उनले यसो भनेका हुन्। देशैभर आफूले फिल्म रोक्न नसकेको तर आफ्नो मातहतमा आउने हलमा के देखाउने भन्ने निर्णय आफूले गर्न सक्ने उनले बताएका छन्। 

उनले भनेका छन्, 'यो फिल्म (आदिपुरुष) संसारमा जहाँ जहाँ चलिरहेको छ, प्रतिबन्ध लगाउनुपर्छ। नेपालमा मेयरका अनुसार म बोल्दै छु। यसतर्फ हाम्रो सरकार, संस्कृति मन्त्रालय र सञ्चार मन्त्रालयले ध्यान दिनुपर्छ। नेपालमा मात्रै सेन्सर चलाउनुको कुनै अर्थ छैन। यसले पटक्कै फरक पार्दैन।'

उनले फिल्म निकै शक्तिशाली हुने र त्यसले मानिसको विचार परिवर्तन गराउन सक्ने बताउँदै उनले गलत सन्देश दिने फिल्मको विरोध गर्नुपर्ने बताए।

हिन्दी फिल्ममा पािकस्तानमा गोली मात्रै चल्छ, बम मात्रै विस्फोट हुन्छ जसरी देखाइँदा श्रीलंका र नेपालका नागरिक पाकिस्तान जान डराउने गरेको उनको भनाइ छ। उनले भनेका छन्, 'बलिउड फिल्ममा पाकिस्तानमा गोली मात्र चल्छ, बम मात्रै विस्फोट हुन्छ जसरी देखाइन्छ। त्यो देखेर श्रीलंका र नेपालका नागरिक पाकिस्तान जान डराउँछन्। पाकिस्तानमा आतंकवादीहरू मात्रै बस्छन् भन्ने मानिसहरूलाई लाग्छ। फिल्मले मात्र छवि निर्माण गर्छ।'

आदिपुरुषलाई प्रतिबन्ध गरेर आफूले ठीक गरेको बताउँदै भारतको हितका लागि नेपाली नागरिकले स्वतन्त्रता त्याग्नुपर्छ भन्ने नभएको धारणा उनले राखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .