कला


आफ्नो चरित्रमा आँच आउनेगरी समाचार लेखेको आरोप लगाउँदै आँचलले दिइन् साइबर ब्युरोमा उजुरी

आफ्नो चरित्रमा आँच आउनेगरी समाचार लेखेको आरोप लगाउँदै आँचलले दिइन् साइबर ब्युरोमा उजुरी

फाइल तस्बिर : अभिनेत्री आँचल शर्मा


नेपालखबर
असार २४, २०८० आइतबार ८:३४, काठमाडौँ

अभिनेत्री आँचल शर्माले आफ्नो चरित्र हत्या हुनेगरी समाचार लेखी फेसबुक पेजमा पोस्ट गर्ने व्यक्ति पहिचान गरी कारबाही गर्न माग गर्दै  प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन्।

अभिनेत्री शर्माले दुईवटा फेसबुक एकाउन्टको नाम उल्लेख गरी शनिबार साइबर ब्युरोमा उजुरी हालेकी हुन्। 

फाइल तस्बिर : अभिनेत्री आँचल शर्मा

आफूविरुद्ध लेखिएका समाचारका स्क्रिनसटसहित आँचलले फेसबुक पेजहरू https://www.facebook.com/officialRORR / NEB Result & Update विरुद्ध साइबर ब्युरोमा निवेदन दिएकी हुन्। 

निवेदनमा उनले भनेकी छन्, ‘...अस्वाभाविक फेसबुक पेज नाम राखी सञ्चालनमा रहेको सामाजिक सञ्जाल फेसबुक पेजमा मेरो अनुमतिबिना मेरो फोटोसहित मेरो चरित्रमा आँच आउने समाचार लेखी पोस्ट गर्ने व्यक्ति एकिन पहिचान गरी कानुनबमोजिम हदैसम्मको कारबाही गरी पाऊँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad