ad ad

कला


यस्तो देखियो ‘बगान’ को ट्रेलर

यस्तो देखियो ‘बगान’ को ट्रेलर

नेपालखबर
असार २०, २०८० बुधबार १६:५३, काठमाडौँ

अभिनेता सरोज खनालको निर्देशनमा बनेको फिल्म ‘बगान’ को ट्रेलर सार्वजनिक भएको छ। बुधबार एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको ट्रेलरमा अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाको रूपमा चित्रण गरिएको छ।

एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण र एकल महिलाको विवाहको प्रसंगलाई फिल्ममा देखाइनेछ।

फिल्ममा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मालगायत कलाकारको अभिनय छ।

स्वप्न नीरवको कथामा आधारित रहि बनेको यो फिल्मबाट अभिनेता खनाल निर्देशनमा डेब्यु गरेका हुन्।

नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको फिल्मका निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर छन्।

उत्सव दाहाल र नारायण जिसीले छायांकन गरेको फिल्मलाई सन्देश शाहले सम्पादन गरेका हुन्। फिल्ममा समिर मियाँको भिएफएक्स, रेनिश फागोको कलर करेक्सन, सुजिल कर्माचार्यको ब्याकराउन्ड स्कोर, मुकेश शाहको साउन्ड मिक्सिङ रहेको छ।

‘बगान’ को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौं उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ। यो फिल्म असार २९ गतेदेखि प्रदर्शन हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .