ad ad

कला


११औँ नेपाल-अफ्रिका फिल्म शुक्रबारदेखि, छानिए १२ देशका २२ फिल्म

११औँ नेपाल-अफ्रिका फिल्म शुक्रबारदेखि, छानिए १२ देशका २२ फिल्म

नेपालखबर
असार २०, २०८० बुधबार ७:४२, काठमाडौँ

असार २३ देखि २५ असारसम्म काठमाडौंको जमलस्थित नाचघरमा ‘११ औँ नेपाल-अफ्रिका फिल्म फेस्टिबल–२०२३’ हुँदैछ।

महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। १२ देशका २२ फिल्म महोत्सवका लागि छानिएका छन्।

१२ वर्षदेदि सञ्चालित यो महोत्सवमा यसपटक ११ वटा मुलुकका १० वटा अफ्रिकन चलचित्र तथा वृत्तचित्र चयन भएका छन्। यस्तै नेपालबाट १२ वटा चलचित्र तथा वृत्तचित्र छनोट भएको बताइएको छ।

फेस्टिबल निर्देशक डब्बु क्षत्रीका अनुसार महोत्सवमा नेपालबाट चारवटा फिचर फिल्म, दुई वटा वृत्तचित्र, तीनवटा सर्ट फिल्म र तीनवटा स्टुडेन्ट फिल्म चयन भएका छन्। फिचर फिल्मतर्फ दिनेश राउत निर्देशित प्रकाश, परिच्छेद सेन निर्देशित प्रेमगञ्ज, शम्भु थापा निर्देशित हुक्का र रोशन कुमार निर्देशित भाग्य रहेका छन्।

वृत्तचित्रतर्फ रोशनी केसी निर्देशित समर्पण र भिमलाल श्रेष्ठ निर्देशित फेरी रहेको छ। यस्तै सर्ट फिल्ममा विलक्षण क्रियसन निर्मित परिवर्तन, सुमन दाहाल निर्देशित परिवार, प्रधुम्न मिश्र निर्देशित दुविधा रहेका छन्। स्टुडेन्ट समुहको सर्ट फिल्म प्रतिस्पर्धामा सुन्दर योञ्जन निर्देशित ऐजेरु, सामल कुमार बज्राचार्य निर्देशित हावाम्यान र अम्बिका भण्डारी निर्देशित कलुवा रहेको छ।

महोत्सवमा अफ्रिकन वस्तुका प्रदर्शन तथा अन्य विभिन्न कार्यक्रम रहेको पनि महोत्सवकी अध्यक्ष डा. मञ्जु मिश्रले बताइन्।

‘अफ्रिकालाई अफ्रिकन लेन्सबाटै हेरिनु पर्छ भन्ने हाम्रो उद्देश्य हो, जसकारण निरन्तर यो महोत्सव आयोजना गरिरहेका छौँ,’ मिश्रले भनिन्।

महोत्सव जमलस्थित सांस्कृतिक संस्थान (नाचघर) तीन दिन चल्ने छ। २३ असार शनिबार ११ बजेबाट १२ः३० सम्म उद्घाटन समारोह रहेको यो महोत्सबमा सोही दिन १ बजेबाट तीन दिनसम्म यी २२ वटा फिल्म प्रदर्शन गरिने छ। २५ गते सोमबार ३ः३० बजेबाट महोत्सव समापन तथा अवार्ड समारोह आयोजना गरिने महोत्सव निर्देशक क्षत्रीले बताएका छन्।  

 कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसनको आयोजना र चलचित्र विकास बोर्ड तथा विलक्षण क्रियसनको सहआयोजनामा उक्त महोत्सव हुन लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .