ad ad

कला


प्रेम गीत ३ डिशहोममा एक्सक्लुसिभ प्रदर्शन हुँदै

प्रेम गीत ३ डिशहोममा एक्सक्लुसिभ प्रदर्शन हुँदै

नेपालखबर
असार १३, २०८० बुधबार १४:५४, काठमाडौँ

नेपाल सहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र ‘प्रेम गीत ३’ डिशहोममा एक्सक्लुसिभ प्रर्दशन हुने भएको छ।

विभिन्न कारणवस हलसम्म गएर यो चलचित्र हेर्न छुटाएका दर्शकहरुले अब डिशहोमको सिनेमाघरमा सपरिवार एकै साथ हेर्न सक्नेछन्।

‘प्रेम गीत ३’ यही असार १५ गते सिनेमाघर च्यानल नं. १०८ मा प्रदर्शन हुँदैछ। सिनेमाघरमा दैनिक ८ शो विहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राति १० बजे प्रदर्शन हुनेछ।

यस्तै, डिशहोमको ‘एक्सभीओडी’मा पनि यो चलचित्र उपलव्ध हुनेछ। ‘एक्सभीओडी’मा यो चलचित्र उपलब्ध भएपछि आफूले चाहेको समयमा खरिद गरेर हेर्न सकिने छ।

‘एक्सभीओडी’ डिशहोमको सेटटप बक्समा उपलव्ध रहेका फिचर हो। यो चलाउनको लागि भने ग्राहकले आफ्नो सेटटप बक्समा वाइफाइ डङ्गल वा ल्यान केबल जोडेर इन्टरनेट जोड्नुपर्ने हुन्छ।

डिशहोममा उपलब्ध यो सेवाले नेपाली चलचित्रहरु सपरिवार तथा आफूले चाहेको समयमा हेर्न सकिने भएको कारण नेपाली चलचित्र प्रति दर्शकहरुको चासो र माया बढ्नुका साथै नेपाली चलचित्रको विकासमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको छ।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .