गायक रामकृष्ण ढकालको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। गायक ढकालको स्वरमा पछिल्लोपटक ‘कलकलाउँदो जोवन तिम्रो’ बोलको गीत सार्वजनिक गरिएको हो।
सार्वजनिक गीत लोकबहादुर सुनारले लेखेका हुन्। दीपक शर्माको संगीत रहेको गीतमा नरेन्द्र वियोगीले संगीत संयोजन गरेका छन्।
गीतको म्युजिक भिडिओ पनि रिलिज गरिएको छ। भिडिओमा समेत गायक ढकाल नै देखिएका छन्। म्युजिक भिडिओमा ढकाललाई सीमा पन्थीले अभिनयमा साथ दिएकी छन्।
भिडिओ निर्देशन अनिश के खत्रीले गरेका हुन्।
भिडिओ-
678
Shares

प्रतिक्रिया