कला


बालेनविरुद्ध उच्च अदालतमा मुद्दा, आज पेसी

बालेनविरुद्ध उच्च अदालतमा मुद्दा, आज पेसी

नेपालखबर
असार ७, २०८० बिहिबार १०:४७, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन) विरुद्ध चलचित्र प्रदर्शकले अदालतमा मुद्दा हालेका छन्।

भारतीय फिल्म ‘आदिपुरुष’ले निम्त्याएको विवादपछि बालेनले अन्य हिन्दी फिल्म प्रदर्शन पनि रोक्ने निर्णय गरेका छन्।

बालेनको यही निर्णयप्रति असहमति जनाउँदै चलचित्र प्रदर्शक उच्च अदालत पाटन पुगेका हुन्। 

बालेनको निर्णयविरुद्ध अन्तरिम आदेश माग गर्दै उनीहरुले उच्च अदालतमा रिट निवेदन दायर गरेका छन्।

बुधबार चलचित्र संघका तर्फबाट पाटन उच्च अदालतमा रिट निवेदन दायर गरिएको हो। 

उनीहरुले बालेनको निर्णय कानून विपरित रहेकाले अदालतको ढोका ढकढकाउनु परेको बताएक छन्।  

उनीहरुले काठमाडौंका हलमा भारतीय फिल्म चलाउन दिन अन्तरिम आदेश माग गरेका छन्।

हिजो परेको उक्त रिट निवेदनको सुनुवाइ गर्न आज (बिहिबार) लाई पेसी तोकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad