अभिनेत्री साहारा कार्की बैवाहिक बन्धनमा बाँधिने भएकी छन्। फिल्म ‘दर्पण छाया २’मा अभिनय गरेकी साहाराले प्रेमीसँग इन्गेजमेन्ट गरेकी छन्।
उनले प्रेमी फिरोज तिमिल्सिनासँग इन्गेजमेन्ट गरेकी हुन्। फिरोज र साहारा दुवैले फिल्म ‘दर्पण छाया २’बाट जतपटमा डेब्यू गरेका थिए। यी दुवै हाल अमेरिकामा छन्। अमेरिकामा नै उनीहरुले औँठी साटेका हुन्।
तुलसी घिमिरेले निर्देशन गरेको फिल्म ‘दर्पण छाया २’ बक्स अफिसमा असफल भयो। तर अभिनेत्री साहाराको भने सम्भावना रहेको भन्दै चर्चा भएको थियो। तर साहाराले फिल्मको संख्या बढाउन चाहिनन्।
फिरोजले नेपालमा रहँदा ‘नेपाल आइडल’मा निर्माताका रुपमा काम गरेका थिए। उनले ‘द भ्वाइस अफ नेपाल’को मुख्य सहायक निर्देशकको रुपमा पनि काम गरेका थिए।
132
Shares
प्रतिक्रिया