ad ad

कला


कृतिबाट सीता बन्दाको नायिका अनुभव

कृतिबाट सीता बन्दाको नायिका अनुभव

नेपालखबर
असार १, २०८० शुक्रबार १२:४७, काठमाडौँ

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा अभिनेत्री कृति सेनले सीता माताको भूमिका निर्वाह गरेकी छिन्। हालै उनले फिल्मबारे आफ्नो अनुभव सुनाएकी छन्।

उनले उक्त भूमिकाका लागि लामो वर्कसप गरेको बताइन्। निर्देशक ओम राउतसँग घण्टौँ समय गुजारेको अनुभव कृतिले साझा गरेकी छिन्। 

कृतिले भनेकी छिन्, ‘रामायणसँग सम्बन्धित जुनसुकै सामग्री उपलब्ध थियो, ओम राउतले लगभग सबै पढेका थिए। यस परियोजनाको बारेमा उनको दृष्टिकोण पूर्ण रूपमा स्पष्ट थियो।’

उनले अगाडस भनेकी छिन्, ‘फिल्ममा माता जानकी बन्न जति गाह्रो थियो त्योभन्दा ज्यादा उनको चरित्रको गहिराइ बुझेर त्यसमा प्रवेश गर्न थियो। माता सीताको यात्रा, मनमा चलिरहेको अशान्ति बुझेर पर्दामा चित्रण गर्न सजिलो थिएन। उहाँहरूको मनमा रहेका कठिनाइ र चुनौतीहरू बुझ्न मलाई धेरै मेहनत र समय लाग्यो।’

कृति थप्छिन्, ‘उनको चरित्रको हरेक मिनेटको विवरणलाई सावधानीपूर्वक काम गर्नुपर्थ्यो, ताकि हरेक सानो विवरण स्क्रिनमा देखियोस्। यस प्रक्रियामा धेरै समय लाग्यो, घण्टौँ बस्नु, लुक र कपडाको साथ बारम्बार रिहर्सल गर्नु गाह्रो काम थियो।’

कृतिले फिल्ममा सीताको भूमिका निर्वाह गर्दै गर्दा आफूले ठूलो दबाब महसुस गरेको बताइन्।

भनिन्, ‘हजारौँ मानिसहरूले माता सीताको पूजा गर्छन्, यस्तो अवस्थामा यो भूमिका निर्वाह गर्नु ठूलो जिम्मेवारी थियो। यो भूमिकालाई न्याय दिन जे पनि गर्नुपर्छ भन्ने कुरा मनमा सधैं चलिरहन्थ्यो। उहाँको चरित्र, उहाँको मन, उहाँको हृदय, उहाँको प्रेम, उहाँको शक्ति, उहाँको भक्ति र रामप्रतिको आस्थासँग सम्बन्धित हरेक भावना बुझ्न मैले समय लिएँ। हो, माता सीतालाई यति नजिकबाट बुझ्ने यो एउटा सुन्दर यात्रा थियो।’

कृति सेन, प्रभास र सैफ अली खान स्टारर फिल्म ‘आदिपुरुष’ आजबाट रिलिज भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .