कृषा चौलागाईंको डेब्यू निर्देशन रहेको फिल्म ‘ऐँचोपैँचो’को प्रदर्शन मिति तय गरिएको छ।
यसअघि भदौ २९ देखि प्रदर्शनमा ल्याउने तयारी गरिएको उक्त फिल्म भदौ १५ देखि नै प्रदर्शनमा आउने छ।
भदौ २९ मा 'नाङ्गो गाउँ’ र ‘भागवत गीता’ रिलिज हुने भएपछि ‘ऐँचोपैँचो’ले भदौ १५ प्रदर्शन मिति लिएको निर्माण टिमले जनाएको छ।
फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का शीर्ष भूमिकामा देखिनेछन्। फिल्ममा स्वस्तिमासँगै वर्षा राउत, सुशील सिटौला लगायतका कलाकारले पनि अभिनय गरेका छन्।
6
Shares
प्रतिक्रिया