नेपाली फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’को गीत सार्वजनिक भएको छ। सार्वजनिक गीत गायिका प्रविशा अधिकारीले गाएकी छिन्। पवित्रा घिमिरेले लेखेको गीतमा एलिश कार्कीले संगीत गरेका छन्। गीतमा सैलेन्द्र प्रधानले संगीत संयोजन गरेका छन्।
गीतको भिडियोमा निर्देशक समेत रहेकी अनिता पण्डित र नायिका सुरविना कार्कीलाई प्रमुख बनाईएको छ भने अभिनेताद्वय निशान चौहान र कैलाश रावललाई पनि राखिएको छ।
अनिता पण्डितको निर्देशन, कथा र अभिनय रहेको फिल्मले अटिजमका साथै रिलेशनसिपलाई एक्सप्लोर गर्न चाहने एक आमाको संघर्षको कथालाई उठान गरेको छ।
फिल्मको रिलिज मिति भने तोकिएको छैन। फिल्ममा सुरबिना कार्की, निशान चौहान, कौशल रावल, रोशनी कार्की लगायतका कलाकारले अभिनय गरेका छन्।
45
Shares
प्रतिक्रिया