ad ad

कला


फिल्म निर्देशनको तयारीमा नीता ढुंगाना

फिल्म निर्देशनको तयारीमा नीता ढुंगाना

फाइल तस्बिर : नीता ढुंगाना


नेपालखबर
जेठ २८, २०८० आइतबार १३:२४, काठमाडौँ

नायिका नीता ढुंगानाले फिल्म निर्देशनको तयारी गरेकी छन्। एक/एकवटा भजन र आधुनिक गीतका म्युजिक भिडिओपछि उनले ठूलो फिल्म निर्देशनको तयारी गरेकी हुन्। 

यसअघि पनि नीताले फिल्म निर्देशनको तयारी गरेकी थिइन्। उनले आफ्नै होम प्रोडक्सनको फिल्म ‘ह्रस्वदीर्घ’ मार्फत निर्देशकको परिचय बनाउन लागेकी थिइन्। तर पछि आँट गर्न सकिनन्। र, अन्तमा नीताले यो फिल्म निर्देशनको जिम्मा चन्द्र पन्तलाइ दिइन्।

तर नीताको निर्देशक बन्ने हुटहुटी सकिएको छैन्। छायांकनका क्रममा रहेको फिल्म ‘ह्रस्वदीर्घ’बाट धेरै कुरा सिकिरहेको बताउँदै नीताले अर्को फिल्म निर्देशन गर्ने जानकारी दिएकी हुन्। 

भन्छिन्, ‘यो फिल्मबाट धेरै कुरा सिकिरहेकी छु। होम प्रोडक्सनमा बन्ने नयाँ फिल्मको निर्देशन म आफैँ गर्छु।’

सुरुमा अरुको फिल्म निर्देशन नगर्ने नीताको भनाइ छ। उनले सुरुमा आफैँले लगानी गरेर निर्देशन गर्ने र सफल भएको खण्डमा मात्रै अरुले निर्माण गरेका फिल्म निर्देशन गर्ने बताइन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .