ad ad

कला


लिक भयो रनवीरको ‘एनिमल’ लुक

लिक भयो रनवीरको ‘एनिमल’ लुक

नेपालखबर
जेठ २४, २०८० बुधबार १०:४४, काठमाडौँ

रणवीर कपूर बलिउडका ती अभिनेतामा गनिन्छन्, जो फिल्ममा आफ्नो चरित्र पूर्ण रूपमा निर्वाह गर्छन्।

दमदार अभिनय गर्ने उनी अहिले आगामी फिल्म 'एनिमल'लाई लिएर चर्चामा छन्। फिल्म एनिमलको रणवीर कपूरको लुक हालै टी-सिरिजले आधिकारिक रूपमा सार्वजनिक गरेको थियो, जसलाई फ्यानहरूले निकै रुचाएका थिए। उनको यो अवतारले सामाजिक सञ्जालमा चर्चा मच्चाएको छ।

तर यतिबेला अर्को लुक सार्वजनिक भएपछि फ्यानहरू अचम्मित भएका छन्, किनभने यो लुक पहिलेको लुकको बिलकुल विपरीत छ। 

रणवीर कपूरको फिल्म एनिमल अगस्ट ११ देखि प्रदर्शनमा आउँदैछ। रिलिजभन्दा २ महिनाअघि लिक भएको उक्त लुकमाथि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विभिन्न टिप्पणी गरिरहेका छन्।

फिल्मको पोस्टरमा जहाँ उनी लामो कपाल, लामो दाह्री र उग्र लुकमा देखिएका थिए। अहिले लिक भएको नयाँ लुक्समा उनी क्लिन शेभमा देखिन्छन्।

एनिमलका लागि नेपाली अभिनेता विपिन कार्की पनि अनुबन्ध भएका थिए। तर पछि प्रसाद-२ को शुटिङ नसकिएको भन्दै कार्कीले अन्तीम समयमा फिल्म छाडेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .