कला


विश्व सुन्दरी एन्जेलिनाको ‘डार्क साइड’ – प्रेम, बिछोड, तनाव, असफलता अनि आत्महत्या प्रयास

विश्व सुन्दरी एन्जेलिनाको ‘डार्क साइड’ – प्रेम, बिछोड, तनाव, असफलता अनि आत्महत्या प्रयास

नेपालखबर
जेठ २१, २०८० आइतबार १३:५९, काठमाडौँ

विश्वकै सुन्दरी एन्जेलिना जोलीका बिछोडका किस्सा

एन्जेलिना जोलीलाई विश्वकै सुन्दर अभिनेत्रीका रूपमा हेरिन्छन्।

स्टारकिड एन्जेलिना १४ वर्षको उमेरमा लिभ इनमा बस्ने जिद्दी बच्चाको रूपमा चर्चामा आएकी थिइन्। तर, फिल्ममा आएपछि उनले आफ्नो छवि पूर्णरूपमा परिवर्तन गरिन्। उनले आफूले चाहेजस्तै देखिनका लागि ३० वटा शल्यक्रिया गरिन्। त्यसवापत उनलाई १० वर्षको जेल सजाय सुनाइएको थियो। एन्जेलिनाको ओठलाई संसारकै 'परफेक्ट' ओठ भनिन्छ।

सौन्दर्य र फिल्मका अलावा उनी आफ्नो व्यक्तिगत जीवनका कारण पनि चर्चामा आइरहन्छिन्। उनको जीवनका केही किस्सा यसप्रकार छन।

१४ वर्षकै उमेरमा लिभ-इन
उनी १४ वर्षकै उमेरमा परिवारको विरुद्धमा गएर लिभ इनमा बसिन्। 

४ जुन १९७५ मा क्यालिफोर्नियामा जन्मिएकी एन्जेलिना जोलीका पिता जोन ह्वाइट हलिउड अभिनेता थिए। एन्जेलिनाको जन्म भएको एक वर्षपछि, उनका आमाबाबुले सम्बन्धविच्छेद गरे। एन्जेलिना बाबु छोडेर आमासँग गइन्।

७ वर्षको उमेरमा उनले बुबाको फिल्म ‘लुकिङ टु गेट आउट’मा काम गरिन्। एन्जेलिनालाई अन्य बच्चाहरूले धेरै पातलो भएको, बाक्लो चश्मा लगाएको कारण दुर्व्यवहार गरे। अभिनयमा सपना देखेकी उनले काम पाउन सकिनन्।

१४ वर्षको उमेरमा एन्जेलिना एक केटाको प्रेममा परिन्। एन्जेलिनाले आफ्नो प्रेमीलाई घरमा राख्नुपर्छ भनेर परिवारको अगाडि जोड दिइन।

परिवारका सदस्यले विरोध गरेपछि एन्जेलिनाले घर छोड्ने धम्की दिइन्। अन्ततः परिवारले एन्जेलिनालाई आफ्नो प्रेमीलाई घरमा राख्न अनुमति दिए। एन्जेलिनाले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘मैले त्यस सम्बन्धलाई प्रेम मात्र होइन, विवाहजस्तै गाढा ठानेकी थिएँ।’ तर, एन्जेलिना १६ वर्ष पुगेपछि उनीहरूको ब्रेकअप भयो।

ब्रेकअपपछि एन्जेलिनाले घर छाडेर भाडाको घरमा बस्न थालिन्। त्यसपछि उनले अभिनयलाई निकै गम्भीरताका साथ लिइन्। 

लागूपदार्थको लत 
किशोरावस्थामा एन्जेलिनालाई अनिद्राको समस्या थियो, उनी प्रायः आफ्नो क्रोध बाहिर निकाल्न आफैलाई चोट पुराउने गर्थिन्।

परिवारको अनुपस्थितिमा २० वर्षिया एन्जेलिनाले लागूपदार्थ लिन थालिन्। एक समय यस्तो आयो, जब एन्जेलिनाले सबै प्रकारका ड्रग्स, खासगरी हेरोइन लिन थालिन्।

गहिरो डिप्रेसनका कारण उनले एक कन्ट्र्याक्ट किलरलाई काममा लिएर आत्महत्या गर्ने योजना बनाइन्। तर यो प्रयास असफल भयो। यसपछि २२ वर्षको उमेरमा उनले फेरि मर्ने प्रयास गरिन्। २४ वर्षको उमेरमा गम्भीर नर्भस ब्रेकडाउनका कारण उनलाई अस्पतालको मनोचिकित्सक वार्डमा भर्ना गरियो।

अभिनय करियर सुरु
सन् १९९३ मा एन्जेलिनालाई चलचित्र ‘साइबोर्ग २’ कास्ट गरियो। त्यसपछि उनी अर्को फिल्ममा साइड रोलमा देखा परिन। फिल्म ‘ह्याकर’मा शीर्ष अभिनेत्रीका रूपमा देखा परिन्। यही फिल्मले उनलाई हलिउडमा पहिचान दिलायो। केही चलचित्रमा काम गरेपछि एन्जेलिनाले मिनी–सृङ्खला जर्ज वालेस (१९९७)का लागि गोल्डेन ग्लोब पुरस्कार प्राप्त गरिन। 

बिहेको टिसर्टमा रगतले श्रीमान्‌को नाम
सन् १९९५ मा आएको फिल्म ‘ह्याकर’को शुटिङका क्रममा एन्जेलिनाको सहकलाकार जोनी ली मिलरसँग अफेयर थियो। सुटिङ सकिए्लगत्तै दुवै अलग भए। सन् १९९६ मा अचानक दुवैले विवाह गरे। विवाहमा एन्जेलिना रबर प्यान्ट र टी–शर्टमा देखिइन्। बिहेको दिन उनले लगाउको टी–शर्टमा श्रीमान जोनी ली मिलरको नाम लेखेकी थिइन्। विवाहको एक वर्षपछि दुवै अलग भए। सन् १९९९ मा मात्रै उनीहरुको सम्बन्धविच्छेद भयो। सम्बन्धविच्छेद पछि पनि दुवै सधैँ साथी रहिरहे। 

ओस्कर अवार्डमा चुम्बनको दृष्य
सन् २००० मा एन्जेलिना आफ्नो भाइ जेम्स हेवनसँग ओस्कर पुरस्कार समारोहमा भाग लिन पुगिन्। बेस्ट सपोर्टिङ एक्ट्रेसको अवार्ड पाएपछि एन्जेलिनाले भाइलाई सार्वजनिक रूपमा किस गरेकी थिइन्। साथै उनले अहिले म भाइको प्रेममा छु भनेकी थिइन्। पछि उनीहरूको यो तस्बिर र भनाइले विवाद निम्त्यायो। 

सन् २००० मा अभिनेता बिली बब थर्नटनसँग दुई महिना सम्बन्धमा बसेपछि उनले विवाह गरिन्। यी दुईको भेट फिल्म ‘पुशिङ टिन’को सेटमा भएको थियो। तर त्यतिबेला बिलीले अभिनेत्री लौरा डर्नसँग इन्गेजमेन्ट गरेका थिए। त्यतिबेला पनि यी दुईको सम्बन्धको चर्चा भएको थियो। सार्वजनिक रूपमा दुवैले एउटै लकेट लगाएका थिए।

एन्जेलिना र बबले सन् २००२ मा बच्चालाई धर्मपुत्र लिने भएका थिए। तर त्यसअघि नै दुवैको सम्बन्धविच्छेद भयो। सोही वर्ष एन्जेलिनाले ७ महिनाको बच्चा म्याडक्स सिवानलाई एकल अभिभावकको रूपमा अपनाइन्।

ब्राड पिटको विवाह तोडेको आरोप
एन्जेलिना जोली र ब्राड पिट सन् २००५ मा फिल्म 'मिस्टर एन्ड मिसेस स्मिथ'को छायांकनका क्रममा नजिक भएका थिए। ब्राडले आफ्नी श्रीमती जेनिफर एनिस्टनसँग सम्बन्धविच्छेद गरेपछि मात्रै उनीहरुको सम्बन्धका बारेमा बाहिर आएको थियो।

एन्जेलिनाका कारण उनको वैवाहिक सम्बन्ध टुटेको खबर सार्वजनिक भयो। उनले यसलाई अस्वीकार गरेकी थिइन्। सन् २००५ मा एन्जेलिनाले दोस्रो छोरा जाहारा मार्लेलाई अपनाइन्। 

सन् २००६ मा एन्जेलिना पहिलोपटक गर्भवती भइन्। त्यसपछि ब्राडसँगको सम्बन्धका रूपमा औपचारिक रूपमा सार्वजनिक गरिन्। उनले सन् २००६ मे २७ मा पहिलो छोरालाई जन्म दिइन। उनको छोरा शिलोहको पहिलो तस्बिर गेटी इमेजेजलाई दिइएको थियो। जसलाई हेलो एन्ड पीपल म्यागजिनले ३.५ मिलियन डलर (२८ करोड रूपैयाँ)मा किनेको थियो। त्यो समयको सबैभन्दा महँगो तस्बिर भनिएको थियो।

उनले १२ जुलाई २००८ मा दुई सन्तान, नक्स र भिभियनलाई जन्म दिइन्। उनीहरूको बच्चाको पहिलो तस्बिर पिपुल एण्ड हेलो म्यागजिनले १४ मिलियन डलर अर्थात ११५ करोडमा किनेको थियो। यो संसारकै महँगो सेलिब्रेटीको तस्बिर हो।

तीन सन्तानकी आमा बनेपछि एन्जेलिनाले सन् २०१४ मा ब्राड पिटसँग विवाह गरेकी थिइन्। विवाहको २ वर्षपछि दुवै अलग बस्न थाले। सन् २०१९ मा एन्जेलिनाले ब्राडसँग सम्बन्धविच्छेद गर्न चाहेको बेला उनले कम्पनीको शेयर बिना अनुमति बेचेको आरोप लगाएकी थिइन्।

आफ्नो काउन्टर केसमा, एन्जेलिनाले ब्राडले २०१६ मा विमानमा आफू र बच्चाहरूलाई दुर्व्यवहार र आक्रमण गरेको बताएकी थिइन्। उनले ब्राडले उनलाई घाँटी थिचेर मार्ने प्रयास गरेको दाबी गरिन्। विवादपछि दुवैले २०१९ मा सम्बन्धविच्छेद गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .