ad ad

कला


सुनको इतिहास झल्काउने चलचित्र नम्बरी सुनको हेटौंडामा प्रिमियर शो

सुनको इतिहास झल्काउने चलचित्र नम्बरी सुनको हेटौंडामा प्रिमियर शो

नेपालखबर
जेठ २०, २०८० शनिबार १८:३१, काठमाडौँ

हेटौंडा हेटौंडामा नेपाली चलचित्र नम्बरी सुनको प्रिमियर शो भएको छ। शनिबार हेटौंडाको ओम्याक्स सिनेमा घरमा चलचित्रको प्रिमियर गरिएको हो।

हेटौंडा निवासी नारायण खातीले निर्माण गरेको चलचित्रको पहिलो शो नै हेटौंडामा गरिएको हो। आफ्नो ठाउँमा आफुले बनाएको चलचित्रलाई प्रिमियर गरी भदौ १ गतेबाट देशभर प्रदर्शन गरिने निर्माता खातीले बताए। 

चलचित्र हेरिसके पछि दर्शकहरुले चलचित्रलाई राम्रो प्रतिक्रिया दिएका छन्। सुन र सुन बनाउने पुरानो चलनलाई चलचित्रको पर्दा मार्फत देखाइएको छ।

सुन सँग जोडिएर बनाइएको चलचित्र एउटा सामाजिक कथावस्तु रहनुका साथै गाउँघरमा हुने सुनारलाई हेर्ने गाउँका काजीहरुको नजरलाई चलचित्रमा समावेश गरिएको चलचित्रका निर्देशक राजु गिरीले बताए। 

गाउँले परिवेश र जातित्व सँगै मायाप्रेमलाई चलचित्रमा समावेश रहेकाले हेरेर प्रतिक्रिया दिन चलचित्रका नायक गौरव पहारीले बताएका छन्। 

प्रिमियर शोमा चलचित्रका निर्देशक राजु गिरी, निर्माता नारायण खाती, कलाकार गौरव पहाडी, किरण नेपाली लगायतको उपस्थिती रहेको थियो। 

चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका उपाध्यक्ष श्रीराम अर्जुनको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा मकवानपुर सुनचादीँ व्यसायी संघका अध्यक्ष पवन शाक्य, हेटौंडाका कलाकार सुशान्त कुमार श्रेष्ठ, चलचित्र पत्रकार संघ नेपाल चितवनका उपाध्यक्ष सागर ढुङ्गाना लगायतले चलचित्रको सफलताको शुभकामना व्यक्त गरेका थिए।

चलचित्रमा गौरव पहारी, किरण नेपालीको अलावा नम्रता सापकोटा, सरोज खनाल, गीता अधिकारी, बुद्धि तामाङ, राजाराम पौडेल, नारायण खाती, विनोद न्यौपाने, राजेन्द्र खड्गी लगायतको कलाकारहरुको अभिनय रहेको छ।

सुवर्ण शिभान्स फिल्मस् को व्यानरमा निर्माण भएको चलचित्रका निर्माता भने सरोज खाती, सविन खाती, र मनोज रिजाल रहेका छन्। चलचित्रमा शिवम् अधिकारीको पटकथा तथा सम्वाद रहेको छ भने अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत रहेको छ।

चलचित्रमा रामजी लामिछानेको नृत्य, दिव्य सुवेदीको छांयाकन, देव महर्जनको द्धन्द र गौतमराज खड्काको सम्पादन रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .