ad ad

कला


गायनमा विस्तारै लय समात्दै समिक्षा अधिकारी

गायनमा विस्तारै लय समात्दै समिक्षा अधिकारी

नेपालखबर
जेठ ९, २०८० मंगलबार १२:२२, काठमाडौँ

सानै उमेरमा आफूलाई अब्बल गायिकाका रुपमा उभ्याएकी समिक्षा अधिकारी केही समय लय विहीन बनिन्। उनको दैनिकी अस्तब्यस्त भयो। जीवनमा थुप्रै उतारचढाव आए।

दैनिक ३/४ वटा गीत गाउने समिक्षाले केही समय गीत गाउँनै सकिनन्।

यही बिचमा समिक्षाले केहि समय अष्ट्रेलियामा बिताइन्। समिक्षा अष्ट्रेलिया उड्दा धेरैले उनी उतै पलायन हुने आंकलन गरेका थिए। तर डेढ महिनापछि उनी नेपाल फर्किन्। त्यसयता उनी पुनः गायनमा पुरानै लयमा फर्किने प्रयासमा छिन्।

बितेको यो डेढ वर्षको अन्तरालमा उनका गीत सार्वजनिक नै नभएका भने होइनन्। कमै मात्रामा सार्वजनिक भएका गतिमा पनि माया र शुभकामना भन्दा गाली धेरै आए। तर समिक्षाले हरेश भने खाईनन्।

पछिल्लो समय भने समिक्षा आफ्नो गायनको पुरानै लयमा फर्किने कसरतमा छिन्। उनका गीतका म्यूजिक भिडियो निर्माणको काम पनि बढिरहेको छ। स्टुडियोमा पनि समिक्षाको रेकर्डिङ उसैगरी बाक्लिने क्रममा छ। समिक्षाले पछिल्लो समय एकै दिनमा ५ वटा सम्म गीतमा स्वर दिएकी छिन्। 

समिक्षाका थुप्रै गीत लोकप्रिय छन्। उनको स्वर र पाएको सफलतालाई हेर्दा उनको करिअर निक्कै माथि पुगिसक्नु पर्ने थियो। तर जीवनमा आएको अप्ठ्यारोले रोकिएको समिक्षाको करिअरले पुनः गति लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .