पछिल्लो समय फिल्म उद्योगमा कलाकार राज कटुवाल र श्रद्धा क्षेत्रीको निकटताले चर्चा पाइरहेको छ।
यो जोडीको निकटता अर्जुन पोखरेलले संगीत गरेको ‘मेसो मिलाएर’ बोलको गीतबाट बढेको हो। यो गीतको म्यूजिक भिडिओमा उनीहरु जोडीका रुपमा देखिएका थिए।
त्यसपछि निकट भएका राज र श्रद्धा सार्वजनिक कार्यक्रममा पनि सँगै देखिन थालेका छन्। यसै साता सोल्टी होटलमा भएको नेफ्टा फिल्म अवार्ड समारोहमा पनि यो जोडी सँगै देखियो।
राजको गाडीमा कार्यक्रमस्थल पुगेकी श्रद्धा फर्किंदा पनि उनकै गाडीमा फर्किन्। उनीहरुको निकटतासँगै बजारमा प्रेमको चर्चा सुरु भएको छ।
यो चर्चासँगै श्रद्धाले राजसँगका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन्। तर प्रेमको चर्चालाई भने यो जोडीले नकारेको छ। दुवैले एकस्वरमा आफूहरु मिल्ने साथी मात्रै रहेको बताएका छन्। सार्वजनिक कार्यक्रममा राज र श्रद्धाको केमेस्ट्री भने निकै सुन्दर देखिएको छ।
राज फिल्म ‘राजा’मा देखिने तयारीमा छन्। श्रद्धा पनि विभिन्न प्रोजेक्टमा व्यस्त छिन्। यता ‘मेसो मिलाएर’ गीतको दोस्रो भाग निकाल्ने तयारी पनि भैरहेको बुझिएको छ।
Shares
प्रतिक्रिया