बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीले आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनको बारेमा कुरा गरेका छन्।
कुराकानीका क्रममा जब उनलाई आफ्नो जीवनमा बायोपिक बनाउन मन छ भनी सोधियो, उनले भने ‘मेरो जीवन निकै घृणित छ, म अर्को जीवनमा नवाजुद्दीन सिद्दीकी बन्न चाहन्नँ।’
उनले भनेका छन्, ‘म माथि कुनै फिल्म बन्ने छैन। मेरो जीवन एकदमै घृणित र नराम्रो छ। मलाई मेरो जीवन राम्रो लाग्दैन। मलाई लाग्दैन की कसैले मेरो जीवनका बारेमा बुझ्न चहान्छ।’
नवाजुद्दीन पछिल्लो पटक फिल्म हिरोपन्तीमा देखिएका थिए। यो फिल्ममा उनी नकारात्मक भूमिकामा देखिएका थिए। अब भने उनी पारिवारिक कमेडी फिल्ममा देखिने तयारीमा छन्।
उनी फिल्म ‘जोगी रा सारा रा रामा’मा देखिने तयारीमा छन्। यो फिल्म मे १२ मा रिलिज हुँदैछ। पारिवारिक मनोरञ्जनात्मक कमेडी फिल्ममा नवाजुद्दीनसँगै नेहा शर्मा देखिनेछिन्।
Shares

प्रतिक्रिया