ad ad

कला


नेपाल आइपुगे बलिउड अभिनेता आमिर खान

नेपाल आइपुगे बलिउड अभिनेता आमिर खान

नेपालखबर
बैशाख २४, २०८० आइतबार १२:४९, काठमाडौँ

बलिउड अभिनेता आमिर खान नेपाल आएका छन्।

उनी भिस्तारा एयरलाइन्सको यूके १५१ विमानबाट आइतबार बिहान नेपाल आएका हुन्। 

आमिरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराज्यमन्त्री एवं उद्योगी रूप ज्योतिले स्वागत गरेका छन्। 

आमिर विमानस्थलबाट सिधै बुढानीलकण्ठ गएका छन्। बुढानीलकण्ठस्थित विपश्यना केन्द्रमा आमिरले १० दिन ध्यान गर्ने बताइएको छ। 

हिन्दी चलचित्रमा कमर्सियल र अल्टरनेटिभको मिश्रणबाट फरकपन दिने आमिरका नेपालमा पनि प्रशस्त फ्यान छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .