सर्जक प्रमोद रेग्मीको ‘सजायौ तिमीले’ गजल भिडिओसहित सार्वजनिक भएको छ।
नयाँ वर्षको अवसर पारेर ल्याइएको गजल जीएमपी इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
गजलमा प्रमोद रेग्मीको शब्द रचना, रामकुमार रिमालको सङ्गीत छ। उक्त गजलमा सुप्रसिद्ध गायक शिव परियारले स्वर दिएका छन् भने मिक्सिङ महेश्वर मान राज भण्डारीले गरेका छन्।
उक्त गजलको म्युजिक भिडियोमा मुख्य अभिनय गौरव हमाल एवं अलिसा बास्तोलाको रहेको छ भने, विजय कार्कीको पनि अभिनय रहेको छ।
‘सजायौ तिमीले’ बोलको गजल रिलिज भएसँगै गजलका लेखक रेग्मीले सबै श्रोता एवं दर्शकको माया पाउने अपेक्षा गरेका छन्।
774
Shares

प्रतिक्रिया