पछिल्लो एक दिनमा बैंक तथा वित्तीय संस्थामा निक्षेप र कर्जा लगानी घटेको छ।
वैशाख ५ गते बैंक तथा वित्तीय संस्थामा ५४ खर्ब ४८ अर्ब रहेको निक्षेप १ अर्बले घटेर ५४ अर्ब ४७ अर्ब रुपैयाँ रहेको छ।
त्यसैगरी बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी समेत १ अर्बले घटेको छ।
वैशाख ५ गते ४८ खर्ब ४६ अर्ब रुपैयाँ रहेको कर्जा लगानी १ अर्बले घटेर ४८ खर्ब ४५ अर्बमा झरेको हो।
वाणिज्य बैंकहरुमा भने ४८ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप रहेकोमा ४२ खर्ब ९६ अर्ब कर्जा लगानी गरेका छन्।
बैंक तथा वित्तीय संस्थामा निक्षेप र कर्जा दुवैमा गिरावट आउदा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८५.४७ प्रतिशत पुगेको छ।
बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो जति कम हुन्छ त्यती नै उनीहरु कर्जा लगानी क्षमता धेरै हुने गर्दछ।
आर्थिक वर्ष २०७८/०७९ असार मसान्तमा ९० प्रतिशत माथि थियो। त्यसयता बैंकहरु कर्जा ठप्प पारी रिकभरीमा लाग्दा सीडी रेसियो साढे ८५ प्रतिशतमा आइपुगेको हो।
अन्तर बैंक ब्याजदर समेत ७.०१ प्रतिशतले पुगेको छ। अघिल्लो दिन अर्थात वैशाख ५ गते अन्तरबैंक ब्याजदर ७ प्रतिशत थियो।
Shares

प्रतिक्रिया