ad ad

कला


शो नपाएपछि २ दिनमै हलबाट फिर्ता लिइयो ‘बुलाकी’

शो नपाएपछि २ दिनमै हलबाट फिर्ता लिइयो ‘बुलाकी’

नेपालखबर
बैशाख ३, २०८० आइतबार ७:२७, काठमाडौँ

शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र बुलाकीलाई निर्माण टिमले हलबाट निकाल्ने घोषणा गरेको छ।

दर्शकबाट राम्रो प्रतिक्रिया पाए पनि घेराबन्दीमा पारेर निर्माता डुबाउने खेल गरिएको भन्दै फिल्मलाई हलबाट निकाल्ने निर्णय गरिएको कलाकार तथा निर्माता विराज विष्टले जनाएका छन्। उनकाअनुसार आइतबारदेखि नै फिल्मलाई हलबाट फिर्ता लिने निर्णय निर्माण पक्षले गरेको छ।

उनले फिल्मलाई हलबाट निकाल्नुका ६ कारण पनि उल्लेख गरेका छन्। दर्शकको राम्रो प्रतिक्रिया हुँदाहुँदै चलचित्रलाई हल व्यावसायीले गरेको अपहेलना, प्राप्त सबै शोज अफटाइममा, मोफसलका मुख्य स्टेशनमा १ शो पनि उपलब्ध नगराएको,  प्रायः सबै शोज बिहान मात्रै दिएको, दोस्रो दिनबाटै ७०५ शो कटौती गरेको र अग्रिम बुकिङमै न्यून शोज उपलब्ध गराएको आरोप उनले लगाएका छन्।

उनले अब फिल्मलाई हलबाट निकालेर प्रोजेक्टरबाट चोकचौतारामा देखाउने घोषणा गरेका छन्।

'अब हाम्रो चलचित्र दर्शकको मागअनुसार परिस्थिति हेरेर प्रोजेक्टरबाट चोकचौतारा समेत देखाउने छौँ,' उनले भनेका छन्, 'यसैपनि काठमाडौंले अवहेलना गरेको कर्णाली र सूदूरपश्चिमको कथा उठाएर करोडौं रिस्क लिँदै चलचित्र बनाउँदा फिल्म क्षेत्रले समेत सोही व्यवहार देखाएको छ।'

सुरक्षा पन्त, नरेन खड्का र डेब्यु अभिनेता विराज विष्टको मुख्य भूमिका रहेको फिल्म कर्णाली प्रदेशमा विद्यमान जारी प्रथाबारेमा केन्द्रित छ।

कर्णाली प्रदेशमा बोलिने खस भाषालाई सिनेमामा संवादका रुपमा प्रयोग गरिएको छ। 

‘बुलाकी’मा कर्णालीको ग्रामीण जीवन, रीतिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह-अवरोहलाई प्रस्तुत गरिएको छ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा मोति विष्टको प्रस्तुति रहेको सिनेमा शिव ढकालले खिचेका हुन्। अर्जुन जिसीले सम्पादन गरेको सिनेमामा राजबहादुर सानेको कथा, राजबहादुर साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता विष्टको पटकथा तथा संवाद छ।

डोल्पा, जाजारकोट र रुकुम पश्चिमका रमणीय स्थानमा फिल्म खिचिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .