यस वर्षको गोल्डेन ग्लोब अवार्डमा वन्स अपन अ टाइम इन हलिउड र १९१७ ले उत्कृष्ट फिल्मको उपाधि जितेका छन्।
म्युजिकल/कमेडी विधामा वन्स अप अपन अ टाइम इन हलिउड र ड्रामा विधामा १९१७ मा बाजी मारेको हो। उत्कृष्ट निर्देशकको उपाधि पनि यही फिल्मका निर्देशक साम मेन्डेसले हात पारे।
उत्कृष्ट पटकथातर्फ पनि क्विन्टिन टेरान्टिनो निर्देशित वन्स अपन.... उत्कृष्ट भएको छ। सोही फिल्ममा अभिनय गरेका ब्राड पिट उत्कृष्ट सहअभिनेताको उपाधि जित्न सफल भएका छन्।
विदेशी भाषातर्फ भने दक्षिण कोरियाली फिल्म प्यारासाइट उत्कृष्ट ठहरिएको छ। आर्थिक असमानताको मुद्दामा बनेको यो फिल्मलाई थुप्रै समीक्षकले वर्षकै उत्कृष्ट फिल्म मान्दै आएका थिए।
सहअभिनेत्रीको उपाधि भने म्यारिज स्टोरी फिल्मकी लाउरा डर्नले जितिन्।
कमेडी विधातर्फ उत्कृष्ट अभिनेता रकेटम्यानका टारोन एगरनट बने भने ड्रामा विधातर्फ जोकर फिल्मका लागि ज्याक्विन फिनिक्स उत्कृष्ट ठहरिए।
त्यस्तै ड्रामातर्फ उत्कृष्ट अभिनेत्री बनिन्, जुडी फिल्मकी रिनी जेलवेगर भने कमेडीतर्फ द फेयरवेल फिल्मकी अक्वाफिना उत्कृष्ट ठहरिन्।
प्रतिक्रिया