ad ad

कला


गौचनको कथासंग्रह ‘प्रतिवहन’ सार्वजनिक

गौचनको कथासंग्रह ‘प्रतिवहन’ सार्वजनिक

नेपालखबर
चैत २३, २०७९ बिहिबार ७:२४, काठमाडौँ

आख्यानकार मनिषा गौचनको नयाँ कथासंग्रह ‘प्रतिवहन’ सार्वजनिक भएको छ।

उनको यो तेस्रो कृति हो । 

साहित्यिक संसारमा कविताका माध्यमबाट पाइला चालेकी गौचनको यसअघि पुरूष वेश्यावृत्तिसम्बन्धी उपन्यास ‘वल्लीको डायरी’ र दृष्टिविहीनको प्रेम र जीवनसम्बन्धी उपन्यास ‘ह्वाईट केन’ प्रकाशित छन् । 

ह्वाइट केन प्रकाशित भएको आठ वर्षपछि गौचन प्रतिवहन कथा संङग्रह लिएर आएकी हुन् । पुस्तकमा रहेका २१ कथाले नवीनतम् विषयमा रहस्यमी क्राफ्टमा लेखिएका छन्। समाजको फरक पात्र र कथाहरूलाई आख्यानमा उतार्ने लेखक गौचन प्रतिवहनमार्फत समाजको घटना दृष्य र कथन समेट्न खोजेको बताउँछिन्।

जीवनका संघर्ष, सम्बन्धका जटिलता र युगीन यथार्थ, विभेद अनि अपाङ्गता भएका पात्रहरुको संवेदना र अनुभूतिलाई कथामा प्रस्तुत गरिएको उनले बताएकी छन्।

पुस्तक इन्डिगो इन्कले प्रकाशन गरेको हो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .