कला


कलासँग रोमान्स गर्दै पलको कमब्याक (भिडिओ)

कलासँग रोमान्स गर्दै पलको कमब्याक (भिडिओ)

नेपालखबर
चैत १७, २०७९ शुक्रबार १६:१८, काठमाडौँ

लामो समयपछि अभिनेता पल शाहले अभिनय गरेको भिडिओ ‘तिमीसँगै हुँदा’ सार्वजनिक भएको छ। गीतकार निशा शर्मा अर्यालको रचनामा तयार पारिएको गीत तिमीसँगै हुँदा ओएसआर डिजिटलबाट सार्वजनिक भएको हो।

तिमीसँगै हुँदालाई निर्देशक तथा कोरियोग्राफर दिनेश पाख्रिनले निर्देशन गरेका हुन्। अभिनेता पल शाह कानुनी प्रकृया लम्बिँदा लामो समय कुनै पनि भिडिओ र फिल्ममा देखिएनन्। उनी कानुनी प्रकृया सकेर बाहिर आए लगतै दिनेश पाख्रिन निर्देशित भिडिओमा काम गरेका हुन्। 

पहिले नै सम्झौता भए अनुसार पलले तिमीसँगै हुँदामा काम गरेका हुन्। जनक कार्की नृत्य निर्देशक रहेको गीतमा पलसँगै कला राई फिचर्ड छन्। रोमान्टिक लभस्टोरी गीतमा सन्तोष श्रेष्ठको संगीत र प्रकाश मिश्रको मिक्सिङ रहेको छ।  

निशा शर्मा अर्यालको शब्दलाई राजु कार्कीले एरेन्ज गरेका हुन्। गीतमा प्रताप दास र अस्मिता अधिकारीको स्वर रहेको छ। यस्तै तिमीसँगै हुँदालाई राम केसीले खिचेका हुन् भने सम्पादन, कलर र भिएफएक्स टेकेन्द्र शाहको रहेको छ।  

चलचित्र निर्माता तथा निर्देशक समेत रहेका दिनेश पाख्रिनले तिमीसँगै हुँदाको भिडिओलाई धेरै लगानीमा निर्माण गरेको बताएका छन्। गीत सर्लाहीको बागमती आसपास छांयाकन गरिएको छ। गीतले आन्तरिक पर्यटन प्रवर्द्वनमा सहयोग पुग्ने निर्माण पक्षले जनाएको छ।  

पल शाहले लामो समयपछि भिडिओमा अभिनय गरे बापत ३ लाख पारश्रमिक लिने बताएका छन्। पलले यसपछि होम प्रोडक्शनको भिडिओमा काम गर्दैछन्। 

भिडिओ :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .