अभिनेत्री मनीषा कोइरालाले सकिएको आफ्नो फिल्मी करिअरको स्मरण गरेकी छन्। उनले सन् २००२ मा आएको रजनीकान्तको फिल्म ‘बाबा’ फ्लप भएपछि साउथ इन्डस्ट्रीमा आफ्नो करियर समाप्त भएको बताएकी छन्। यो फिल्ममा मनीषाले शीर्ष भूमिका निर्वाह गरेकी थिइन्।
हालैको अन्तर्वार्तामा मनीषाले भनेकी छन्, ‘बाबा सायद मेरो अन्तिम ठूलो तमिल फिल्म थियो। यो नराम्रोसँग फ्लप भयो, त्यसैले मलाई लाग्यो- साउथ फिल्ममा मेरो करिअर पूरै सकियो। र, ठ्याक्कै त्यस्तै भयो।’ यो फिल्म फ्लप भएपछि मनीषाले आफूलाई फिल्मको अफर आउन छाडेको बताएकी छन्।
भन्छिन्, ‘बाबा रिलिज हुनुअघि म साउथका धेरै फिल्म गरिरहेकी थिएँ तर बाबाको बक्स अफिसमा संकट आएपछि मलाई फिल्मको अफर कम आउन थाल्यो। बिस्तारै अफर आउन बन्द भयो। जब बाबा बक्स अफिसमा पुनः रिलिज भयो, त्यो हिट साबित भयो। किनभने, रजनी सरका फिल्महरू यसरी कहिल्यै फ्लप हुन सक्दैनन्।’
मनीषाको अन्तिम फिल्म ‘शेहजादा’ हो। यो फिल्ममा उनले कार्तिक आर्यनकी आमाको भूमिका निर्वाह गरेकी छन्।
प्रतिक्रिया