भोजपुरी अभिनेत्री आकांक्षा दुबेले बनारसको एक होटलमा आत्महत्या गरेकी छन्। मोडल तथा अभिनेत्री आकांक्षा दुबेले सारनाथ थाना क्षेत्रको सोमेन्द्र होटलमा झुण्डिएर आत्महत्या गरेको बताइएको छ।
आकांक्षा भदोही जिल्लाको चौरी थाना क्षेत्र अन्तर्गत पर्सीपुरकी थिइन्। उनी भोजपुरी उद्योगकी चर्चित अभिनेत्री हुन्। आकांक्षाले ‘वीरों के वीर’ र ‘कसम पैदा करने वाले की २’ नामका फिल्ममा अभिनय गरेकी थिइन्।
उनले किन आत्महत्या गरिन् भन्ने कुरा भने खुल्न सकेको छैन्।
उनको आत्महत्याको खबरले भोजपुरी फिल्म उद्योग शोकमा डुबेको छ। उनको मृत्युले भोजपुरी फिल्म उद्योगमा ठूलो धक्का लागेको उद्योगका सरोकारवालाहरूले बताइरहेका छन्।
आकांक्षा तीन वर्षको उमेरमा आमाबुवासँग मुम्बई गएकी थिइन्।
उनका आमाबाबुले उनलाई आईपीएस अफिसर बनाउन चाहन्थे, तर उनको चाहना नृत्य र अभिनयमा थियो। उनको यहि रुचिलाई उनका बुवा आमाले पनि सम्मानका साथ स्वीकार गरेका थिए।
प्रतिक्रिया