ad ad

कला


कार्यशाला गरेर छायांकनमा जाँदै ‘नांगो गाउँ’

कार्यशाला गरेर छायांकनमा जाँदै ‘नांगो गाउँ’

नेपालखबर
चैत ६, २०७९ सोमबार २१:८, काठमाडौँ

समीक्षक हुँदै चलचित्र निर्देशक बनेका दीपेन्द्र लामाले छायांकन अगाडि कार्यशाला गरेका छन्। आफ्नो निर्देशनमा तयार हुने चलचित्र ‘नांगो गाउँ’ को सम्पूर्ण कलाकारलाई दुई साता अभ्यास गराइएको उनले जानकारी दिए।

‘यसले आफ्नो चरित्रप्रति कलाकारलाई स्पष्ट बनाउँछ। एकसाथ कार्यशाला गर्दा दृश्यलाई बलियो बनाउन सबैले उत्तिकै मेहनत गर्नुहुन्छ’, निर्देशक लामाले भने, ‘कलाकार तथा प्राविधिकहरूको सक्रियतापूर्वक सहभागिता जनाउनुभयो। मैले पनि कतिपय पक्षमा स्पष्ट हुने र सिक्ने अवसर पाएँ।’

कलात्मकसँगै प्राविधिक रुपमा परिपक्व बनाउन कार्यशालामा निर्देशन, प्रोडक्सन डिजाइन, छायांकन र कस्ट्युम समूहको सहभागिता रहेको निर्देशक लामाले बताए। 

अभिनेता दयाहाङ राई, कार्म, मिरुना मगर, शिशिर बाङ्देल, बुद्धि तामाङ, अङ्कित खड्का र रवीन्द्र झा सहभागी कार्यशालामा पटकथा विश्लेषण, चरित्र निर्माण र कथ्य–तथ्य संरचनाका विषयमा छलफल भएको थियो।

‘कुनै पनि पात्रले बोल्ने संवाद, लगाउने पहिरनसँगै कथालाई अगाडि बढाउन उसको के भूमिका छ लगायतका कुरा विश्लेषण हुँदा हामी स्पष्ट भयौँ’, अभिनेता राईले भने।

यसले छायांकनमा समय कम लाग्ने निर्माण पक्षको विश्वास छ। कार्यशालाको सहजीकरण राजेश विश्वकर्माले गरेका थिए। निर्देशक लामा स्वयंको लेखन रहेको चलचित्रको छायांकन यही चैत १० देखि काभ्रेमा सुरु हुनेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .