ad ad

कला


जेठलाई सर्‍यो शम्भुको हुक्का

जेठलाई सर्‍यो शम्भुको हुक्का

नेपालखबर
चैत ५, २०७९ आइतबार १०:२०, काठमाडौँ

फिल्म ‘हुक्का : एन एब्सर्ड ड्रिम’ आगामी वर्षको जेठ १२ गते रिलिज हुने भएको छ। यसअघि यो फिल्म यही चैत ३ गते रिलिजको तयारीमा थियो। तर प्राविधिक काम नसकिएकाले फिल्मको प्रदर्शन मिति सारिएको हो। स्पाइनी ब्याब्लर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको फिल्म शम्भु थापाले निर्देशन गरेका हुन्। 

फिल्ममा प्रमिला खनाल, प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विकको अभिनय छ। 

फिल्ममा प्रयत्न श्रेष्ठको शब्द र संगीत, प्रयत्न श्रेष्ठ र युजिन राईको स्वर, सन्तोषकुमार आत्रेयको कथा, सन्तोषकुमार आत्रेय र भगवान पौडेलको पटकथा, विष्णुप्रसाद बास्तोलाको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर करेक्सन, दीर्घ खड्काको सम्पादन र कृष्णबहादुर थापाको छायांंकन छ। 

त्यस्तै फिल्ममा श्याम लामाको श्रृंगार, भीम श्रेष्ठको भेषभूषा, शेरमान जिसी र सुदन थापाको निर्माण नियन्त्रण, गोरे याङ्देनको सहायक छायांकन, भुपेन्द्र ढकालको कला, मिडिया पोर्टको पब्लिसिटी मेनेजमेन्ट, भूपेन्द्र ढकाल, सागर गोदार क्षेत्री र सुयोग आत्रेयको सहायक निर्देशन, भगवान् पौडेल (मीठो कम्पन) को मुख्य सहायक निर्देशन, सञ्जीव शाहको पाश्र्व ध्वनि, उत्तम न्यौपानेको ध्वनी मिश्रण छ।

रेश्मा प्रधान सहनिर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन्। फिल्मको वितरण उपत्यकामा स्टेसन फाइभ र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .