एलिना चौहानको स्वरमा रहेको ‘धोकेबाज हौ तिमी’ बोलको गीत अहिले निकै भाइरल भइरहेको छ। यो गीतकै कारण गायिका चौहान चर्चामा छिन् भने उनलाई ‘धोकेबाज’ गायिकाको उपमा समेत दिन थालिएको छ। उनले विभिन्न जिल्लामा स्टेज कार्यक्रममा यो गीत गाउँदा दर्शकले देखाएका शारीरिक हाउभाउ सामाजिक सञ्जालमा भाइरल छन्।
‘धोकेबाज हौ तिमी’ बोलको गीतलाई पत्रिकाले समेत राजनीतिक व्यंग्यको कार्टुन बनायो। तर एलिना चौहानको स्वरमा फिमेल भर्जन आउनुभन्दा झन्डै २ वर्षअघि यो गीत शिव परियारले गाएका थिए भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ। यसको फिमेल भर्जनको चर्चासँगै गायक शिव परियारलाई पनि पुनः चर्चामा ल्याएको छ।
उनले एक टेलिभिजन अन्तर्वार्तामा यो गीत आफूले गाएको भनेका छन्। गायक परियाले ‘टाइटलमा नजानुस् है, कृपया अन्तर्वार्ता राम्रो छ’ भन्दै फेसबुकमा त्यस गीतबारेको आफ्नो अन्तर्वार्ता सेयर गरेका छन्। जुन अन्तवार्ताको शीर्षक छ– ‘धोकेबाज गीत मैले गाएको हो।’
अन्तर्वार्तामा उनले यो गीतको जस आफूले लिन खोजेको देखिन्छ। जतिबेला उक्त गीतका कारण एलिना चौहानको चर्चा भइरहेको छ।
हेर्नहोस् शिव परियारकाे फेसबुक स्टाटस
प्रतिक्रिया