कला


‘पशुपतिप्रसाद २’ को मुहूर्त सर्ट पशुपतिमा

‘पशुपतिप्रसाद २’ को मुहूर्त सर्ट पशुपतिमा

नेपालखबर
चैत ३, २०७९ शुक्रबार ११:९, काठमाडौँ

नेपाली कथानक चलचित्र ‘पशुपतिप्रसाद २’कमो मुहूर्त सर्ट खिचिएको छ। फिल्मको मुहूर्त सर्ट खिचिएसँगै फिल्मको छायांकन सुरु भएको छ। पशुपति मन्दिर परिसरमा फिल्मको मुहूर्त सर्ट खिच्दै फिल्मको छायांकन प्रारम्भ गरिएको हो।

सात वर्षअघि नेपाली बक्स अफिसमा हिट भएको फिल्म ‘पशुपति प्रसाद’को लोकप्रिय पात्र भस्मे डनको कथा ‘पशुपतिप्रसाद २’मा समावेश गरिने छ। पशुपतिप्रसादको सिक्वेलका रूपमा यो चलचित्र निर्माण हुन लागेको हो। फिल्म दीपेन्द्र के खनालले निर्देशन गर्नेछन्।

‘पशुपति प्रसाद’मा भस्मे डन खल चरित्रमा थिए। यो सिक्वेल चलचित्रमा भने उनी मुख्य भूमिकामा देखिनेछन्। पशुपति प्रसादको कथा जहाँबाट समापन हुन्छ भस्मे डनको कथा त्यहीँबाट सुरु हुने निर्देशक खनालले जानकारी दिएका छन्। 

‘पशुपतिप्रसाद’मा शीर्ष कलाकारका रुपमा देखिएका अभिनेता खगेन्द्र लामिछाने सिक्वेल चलचित्रमा भने निर्माता रहनेछन्। यो फिल्ममा उनी कलाकारका रुपमा देखिन्छन्, देखिँदैनन् भन्ने कुरा भने खुलाइएको छैन। फिल्ममा विपिन कार्की, प्रकाश घिमिरे, रवीन्द्र सिंह बानियाँ, मिश्री थापा, सजन थापामगर, विभु पौडेल, प्रकाश दाहाललगायत कलाकारले अभिनय गर्नेछन्। फिल्मको दोस्रो शृंखलामा सौगात मल्ल र स्वस्तिमा खड्का पनि देखिनेछन्।

यो चलचित्र आगामी दसैंको फुलपातिमा रिलिज हुने भएको छ। ‘पशुपतिप्रसाद’मा बोल्न नसक्ने केटीको चरित्र निर्वाह गरेकी वर्षा शिवाकोटी केही फरक भूमिकामा देखिने बताइएको छ। यस्तै, पशुपतिप्रसादभरि हनुमानको मुखौटा लगाएर चलचित्रमा उत्रिएका रवीन्द्र सिंह बानियाँले त्यसपछि भोग्नुपरेका समस्यालाई पनि यो सिक्वेलमा देखाइने भएको छ।

टुकी आर्ट्स प्रालिको ब्यानरमा निर्माण हुने यो चलचित्रमा कृष्ण भारद्वाज र सुवास भुसालको संगीत, निरज कँडेलको डीओपी, कृष्णबहादुर थापाको छायांकन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन र दीर्घ खड्काको सम्पादन रहनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .