कला


हिट फिल्मकी गुमनाम नायिका

हिट फिल्मकी गुमनाम नायिका

नेपालखबर
फागुन ३०, २०७९ मंगलबार ११:१६, काठमाडौँ

नेपाली फिल्म उद्योगमा अहिले अभिनेत्री बेनिशा हमालको छुट्टै चर्चा छ। बेनिशाले आफ्नो फिल्मी करिअरमा पहिलोपटक सफलताको स्वाद चाख्न पाएकी छन्। विभिन्न कारण उद्योगमा बेनिशाको चर्चा भइरहे पनि उनले अभिनय गरेको फिल्मले सफलता पाएको भने यो पहिलोपटक नै हो। बेनिशाको १३ वर्षे लामो फिल्मी करिअरमा यो सफलता ‘छक्का पञ्जा ४’ले दिएको हो। सधैं हिरोको मात्रै चर्चा हुने ‘छक्का पञ्जा’ ब्रान्डको चौथो सिरिजमा मात्रै अभिनेत्रीको चर्चा भएको हो।

फिल्ममा अभिनय गरेकी बेनिशाको चर्चा भइरहँदा बेनिशासँगै फिल्ममा काम गरेकी मलिना जोशीको भने कुनै चर्चा छैन। पूर्वमिस नेपालसमेत रहेकी मलिना पनि स्थापित ब्रान्डको फिल्ममा काम गरेर यद्योगमा आफूलाई स्थापित गराउने दौडमा थिइन्। 

मलिनाले आफूलाई स्थापित गराउने लोभमा नै साइड हिरोइनको रोलमा काम गर्न तयार भएकी थिइन्। उद्योगमा बेग्लै हाइट रहेको फिल्ममा मलिनाले काम गर्ने भएपछि धेरैले उनको करिअरको माइल स्टोन सिनेमाका रुपमा लिएका थिए। मलिनाले पनि त्यही आश गरेकी थिइन्।

तर, फिल्ममा मलिना खासै नोटिसेबल सिनमा देखिन्नन्। छोटो भूमिकामा देखिएकी मलिनाको त्यही भूमिका पनि शक्तिशाली छैन। फिल्ममा प्रहरी अफिसरको भूमिकामा देखिएकी मलिनालाई दर्शकले खासै नोटिस गदैनन्।

हलबाहिर निस्किँदा दर्शकले उनलाई बिर्सिसकेका हुन्छन्। ठूलो आशा र हल्लासहित फिल्ममा साइन गरेकी मलिनाले फिल्म छायांकन सकिएसँगै निर्माण टिमसँग मन दुखाएको बुझिन्छ। उनले फिल्मको कुनै पनि प्रकारको प्रमोसनमा सहभागिता जनाइनन्। सामाजिक सञ्जालमा फिल्मका पोस्टर, गीत तथा ट्रेलर पोस्ट गरिनन्। दीपक–दीपाको फिल्म ‘छक्का पञ्जा ४’ अहिले बक्स अफिसमा राम्रो कलेक्सन गरिरहेको छ। फिल्म हिट हुँदा पनि मलिना भने छायामा परेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .