कला


किरण मानन्धरसहित ६ स्रष्टा पुरस्कृत

किरण मानन्धरसहित ६ स्रष्टा पुरस्कृत

नेपालखबर
फागुन १२, २०७९ शुक्रबार १०:१२, काठमाडौँ

नेपाली कला साहित्य डटकम प्रतिष्ठानद्वारा बर्सेनि दिइने राष्ट्रिय कलाश्री सम्मान र पुरस्कार समर्पण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा एक लाख राशिको ‘कलाश्री पुरस्कार’ समालोचक प्रा.डा लक्ष्मण गौतम,  ६० हजार राशिसहितको ‘थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार’ ललित फोटोग्राफर जगदीश तिवारी,  ५० हजार राशिको ‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार’ डा .टङ्क उप्रेती र  ५० हजार राशिको ‘पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार’ गायिका मेलिना राईलाई प्रदान गरिएको छ। 

वरिष्ठ कलाकार किरण मानन्धरलाई ‘कलाश्री सम्मान’ अर्पण गरियो। आफू सम्मानित भएपछि कलाकार मानन्धरले आफूले पाएको सम्मान राष्ट्रका युवा कलाकारलाई समर्पण गर्न चाहेको बताए। 

यस्तै चितवनका कवि भूपिनलाई ‘स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार’बाट सम्मानित गरियो। कवि एवं लेखक भूपिनले ७५ हजार रुपैयाँ राशिको पुरस्कार प्राप्त गरेका हुन्।

कार्यक्रमका प्रमुख अतिथी तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले कलासाहित्यको उत्थानमा प्रतिष्ठानले पुर्‍याएको योगदानको प्रशंसा गरे। संस्थाका प्रमुख संरक्षक डा विमल कोइरालाले कलासाहित्य शाश्वत हुने बताए। 

प्रतिष्ठानका अध्यक्ष मोमिलाले संस्थाले १५ वर्षको रोडम्याप पुरा गरेपछि निरन्तर क्रियाशील भएर काम गरिरहने प्रतिबद्धता व्यक्त गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .