अभिनेत्री वर्षा शिवाकोटी र रमेश बानियाँ अभिनित फिल्म ‘ए साथी सुन’को शीर्ष गीत रिलिज भएको छ। सार्वजनिक गीतमा अभिनेत्री शिवाकोटी र डेब्यु अभिनेता बानियाँ फिचर्ड छन्। उनीहरुलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ।
सुरज अधिकारीको संगीत तथा रविना मगरको शब्द रचना रहेको गीत अञ्जु पन्त र किरण भुजेलले गाएका हुन्। पोखराका रमणीय स्थानमा खिचिएको सिनेमाको सार्वजनिक गीतको भिडिओमा रामजी लामिछानेले कोरियोग्राफी छ।
लभस्टोरी, थ्रिलर र कमेडी जानराको सिनेमामा आयन खड्का, सुशिल पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, विमला गिरीलगायतले अभिनय गरेका छन्। कृष्मा खड्का र इभान सन्जेल पनि बाल कलाकारको भूमिकामा सिनेमामा अभिनय गरेका छन्। जयनन्द लामा अभिनित अन्तिम फिल्म ‘ए साथी सुन’ आगामी चैत १० गते रिलिज हुनेछ।
राम राघव आचार्यको लेखन तथा निर्देशन रहेको सिनेमालाई बीना कार्की र सन्तोषकुमार राईले निर्माण गरेका हुन्। इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको सिनेमाको सह-निर्मातामा सुदीप पौडेल छन्। सिनेमालाई आरआर फिल्म्सले वितरण गर्न लागेको हो।
भिडिओ-
Shares

प्रतिक्रिया