अभिनेत्री सुरक्षा पन्त वैवाहिक जीवनमा बाँधिने भएकी छिन्।
सुरक्षा यही फागुन २५ मा अभिनेता मानव सुवेदीसँग विवाह गर्दैछिन्।
मानव र सुरक्षा लामो समयदेखि प्रेममा थिए। यहि प्रेमलाई विवाहमा परिणत गर्न लागेका सुरक्षा र मानवले हिन्दु परम्परा अनुसार दुई परिवारका सिमित आफन्तका बिचमा विवाह सम्पन्न गर्ने बताएका छन्।
‘अन्तराल’बाट फिल्ममा डेब्यू गरेका मानवले त्यसपछि केही फिल्ममा अभिनय गरेका छन्। अभिनयमा खासै जम्न नसकेका मानव पछिल्लो समय सर्ट फिल्म निर्देशन गरिरहेका छन्।
अभिनयमा जमेकी सुरक्षा अहिले ‘द पोइट आइडल’को जजको कुर्सीमा छिन्। सुरक्षा र मानवले चितवनबाट विवाह गर्नेछन्।
771
Shares
प्रतिक्रिया