बलिउड अभिनेता नवाजजुद्दिन सिद्दिकी र उनकी श्रीमती आलिया सिद्दिकीबीचको विवाद सेलाउने देखिएको छैन। लामो समयदेखि जारी उनीहरुको विवादले नवाजलाई निकै तनाव दिएको छ। आमा र श्रीमतीको झगडाका कारण नवाजले घर छाडेका छन्। उनी होटलमा गएर बसेका छन्।
आलिया र नवाजकी आमाबीच सम्पत्तिबारे सुरु भएको विवाद मुद्दामा परिणत भएको छ। केही दिनअघि नवाजकी आमाले पनि आलियाविरुद्ध उजुरी दिएकी छन्। नवाजका नजिकका साथीले वकिलहरूले घरको खराब कानुनी मुद्दा नसुल्झाएसम्म होटलमै बस्ने बताएका छन्। नवाज गत वर्ष मात्रै आफ्नो सपनाको महलमा सरेका थिए।
मुम्बईको अदालतले केही दिनअघि नवाजलाई नोटिस पठाएको थियो। मुद्दाबारे कुरा गर्दै आलियाका वकिलले भनेका छन्, ‘आलिया उनको कानुनी रूपमा विवाहित श्रीमती हुन्। घरमा जडान गरेको सीसीटीभीमा उनलाई घरको बाथरुम प्रयोगमा समेत रोक लगाइएको देखिन्छ। यस्तो अवस्थामा नवाजविरुद्ध घरेलु हिंसाको मुद्दा चलाइएको छ। आलियामाथि मानसिक, भावनात्मक, शारीरिक र आर्थिक शोषण भइरहेको छ।’
प्रतिक्रिया