ad ad

कला


शैलेन्द्र अधिकारीको ‘ब्रह्मास्त्र’ बजारमा

शैलेन्द्र अधिकारीको ‘ब्रह्मास्त्र’ बजारमा

नेपालखबर
माघ २२, २०७९ आइतबार ७:२९, काठमाडौँ

साहित्यकार शैलेन्द्र अधिकारीको कथासंग्रह ‘ब्रह्मास्त्र’ सार्वजनिक भएको छ। उनको कथासंग्रह शनिबार काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा लेखक कुमार नगरकोटी, अमर न्यौपाने तथा सुविन भट्टराईले संयुक्त रुपमा सार्वजनिक गरेका हुन्। 

पुस्तक विमोचनअघि र पछि ब्रह्मास्त्र पुस्तकका दुई कथामा शिल्पी थिएटरका कलाकारले नाटक प्रस्तुत गरेका थिए। पुस्तक विमोचन कार्यक्रममा लेखक अधिकारीसँग पुस्तकबारे छलफल गरियो। 

अधिकारीले आधुनिक कथा लेखनका गुरुप्रसाद मैनालीको ट्रेन्डभन्दा आफूले फरक तरिकाले कथा लेखेको बताए।

अधिकारीले आफ्नो कथा लेखनबारे भने, ‘म शिक्षक वा परिवारको कुनै भूमिकामा रहेको ठानेर कथा लेख्दिनँ, लेखिरहँदा म बिलकुल लेखकमात्र भएर लेख्छु। केही काल्पनिक, मनोवैज्ञानिक कथा पाठकमाझ प्रस्तुत गर्ने जमर्को गरेको छु।’

यसअघि साहित्यकार अधिकारीको ‘निर्वेद’ उपन्यास बजारमा आइसकेको छ भने गजल र समालोचनाका पुस्तक पनि सार्वजनिक भइसकेका छन्। अधिकारीको कथासंग्रह शिखा बुक्सले बजारमा ल्याएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .