ad ad

कला


काठमाडौंका मेयर बालेन्द्रसँग ‘निफ’ प्रतिनिधिमण्डलको भेटघाट

काठमाडौंका मेयर बालेन्द्रसँग ‘निफ’ प्रतिनिधिमण्डलको भेटघाट

नेपालखबर
माघ १९, २०७९ बिहिबार १८:२१, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को टोलीबीच महोत्सव तयारीका सम्बन्धमा छलफल भएको छ।

आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म ‘निफ’–२०२३ आयोजना हुने घोषणा भइसकेको छ ।

‘निफ’–२०२३ लाई सफल पार्न महानगरले सक्दो सहयोग गर्ने मेयर शाहले प्रतिवद्धता जनाएको भेटघाटमा सहभागी अध्यक्ष केपी पाठकले बताए। 

अध्यक्ष पाठकले निफ–२०२३ को हालसम्मको तयारी र महोत्सवको मोडेलका सम्बन्धमा मेयर शाहलाई जानकारी गराएका थिए । अध्यक्ष पाठकका अनुसार ‘क्षमताले भ्याएसम्म निफ–२०२३’लाई सहयोग गर्छु’ भने मेयर शाहले।

त्यसैगरी प्रमुख सल्लाहकार निर शाहले ‘निफ’को महत्व बुझाएका थिए, मेयर शाहलाई । कलाकार संघकी बरिष्ठ उपाध्यक्ष रेजिना उप्रेतीले निफ २०२३को आयोजनामा महानगरको हातेमालो आवश्यक रहेकोमा जोड दिएकी थिइन्।

भेटघाटमा ‘निफ’–२०२३ का संयोजक यादव भट्टराई, निर्देशक तथा ‘निफ– २०२३’का पिआर प्रमुख ऋषि लामिछाने, अभिनेत्री सरिता गिरी, सञ्चारकर्मी सन्ध्या थापा, कपिल भण्डारी र कमल प्रसाद शर्मा समेतको सहभागीता थियो ।

निफ – २०२३ मा एक दर्जन बढी रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तरक्रिया) समेत आयोजना गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .