ad ad

कला


अष्ट्रेलियाको ब्रिसबेन शहरमा नेपथ्यको कन्सर्ट, नेपाली बालकले अमृतलाई बनाए स्तब्ध

अष्ट्रेलियाको ब्रिसबेन शहरमा नेपथ्यको कन्सर्ट, नेपाली बालकले अमृतलाई बनाए स्तब्ध

नेपालखबर
माघ १९, २०७९ बिहिबार ८:५०, काठमाडौँ

सांगीतिक ब्याण्ड नेपथ्यले अष्ट्रेलियाको ब्रिसबेन शहरमा सांगीतिक प्रस्तुती दिएको छ। ब्रिसबेन सहरमा भेटिएका नेपाली बालकले ब्याण्डका गायक अमृत गुरुङलाई स्तब्ध बनाएका छन्।

अमृतसँग बोल्न खोजेका ती बालकले नेपालीमा बोल्न नजानेका कारण अप्ठ्यारो माने। त्यसपछि अमृतले बालकलाई सोध, ‘तिमीले नेपालमा हजुरबुवा र हजुरआमासँग कसरी कुरा गर्नेगरेका छौं?’ 

अमृतले अंग्रेजीमा सोधेको यो प्रश्नको जवाफमा बालकले पनि अंगेजीमै जवाफ दिए ‘उहाँहरुसँग म हाई, हेल्लोमै सिमित छु। अरु संवाद हुँदैन।’

यो घटनाले गायक अृमतलाई निक्कै बिथोलेको थियो। त्यही साँझ सांगीतिक प्रस्तुती दिने क्रममा उनले भने, ‘बच्चालाई उसको भाषाबाट अलग्याउनु भनेको उसलाई उसको जरोबाट विमुख बनाउनु हो। हजुरबुवा हजुरआमासँग संवादै नगरेर हुर्कने पुस्ता तयार पार्नेजस्तो गल्ती कदापि नगरौं।’

हलमा उपस्थित दर्शकले ताली बजाएर उनको भनाईलाई समर्थन गरे।

अमृतले थपे, ‘बाँकी जेजस्तो भएता पनि हामी नेपाली हौं। ‘एउटा नेपालीले अर्को नेपालीसँग संवाद गर्ने एउटै माध्यम भाषालाई नयाँ पुस्तासम्म जीवित राखौं।’

त्यसपछि गायन सुरु गरेका अमृतले ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’, ‘लाम्पाते सुरती’, ‘चरि म¥यो’, ‘जोमसोमे बजारमा’ लगायतका गीत गाए। गीत गाउँदै गर्दा अमृतले विदेशमा सबै नेपालीहरु मिलेर बस्न र आइपरेका बेला एकले अर्कोलाई साथ दिन अनुरोध पनि गरे।

अमृतलाई ड्रमसेटमा धुब्र लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले साथ दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .