ad ad

कला


शाहरुखको ‘पठान’ हेर्न सिनेमा हल पुगे कोमल र हिमानी

शाहरुखको ‘पठान’ हेर्न सिनेमा हल पुगे कोमल र हिमानी

फिल्म 'पठान' हेर्न हलमा पुगेका कोमल र हिमानी। तस्बिर : दरबार सिनेम्याक्स


नेपालखबर
माघ १८, २०७९ बुधबार १७:५४, काठमाडौँ

बलिउड अभिनेता शाहरुख खान अभिनित हिन्दी सिनेमा 'पठान' हेर्न पूर्वरानी कोमल शाह र पूर्वयुराज्ञी हिमानी शाह  क्यूएफएक्सको दरबार सिनेम्याक्स मल्टिप्लेक्समा पुगेका छन्। 

चार वर्षपछि शाहरुखले कमब्याक गरेको ‘पठान’हेर्न कोमल र हिमानी पूर्वराजपरिवारका अन्य सदस्यहरुसहित सिनेमा हल पुगेका हुन्। 

उनीहरुले यही शनिबार साँझ साढे ५ बजेको शोमा ‘पठान’ हेरेका थिए। ‘पठान’ हेरिसकेपछि कोमल र हिमानीले राम्रो लागेको बताएका हल व्यवस्थापनले जनाएको छ। 

पूर्वराजा ज्ञानेन्द्र शाह यसअघि विभिन्न रेस्टुरेन्टमा पनि पुग्ने गरेका थिए। हलमा आइपुगेका कोमल र हिमानीलाई व्यवस्थापनले स्वागतसमेत गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .