ad ad

कला


दीपक र अनमोलसँग भिड्न तयार शर्मिला

दीपक र अनमोलसँग भिड्न तयार शर्मिला

नेपालखबर
माघ १८, २०७९ बुधबार १०:४२, काठमाडौँ

निर्मात्री शर्मिला पाण्डे नयाँ फिल्म ‘परस्त्री’ प्रदर्शनका लागि उपयुक्त समय खोजिरहेकी छन्। यसअघि हिट फिल्म ‘आमा’ तथा ‘चिसो मान्छे’मा लगानी गरेकी पाण्डेको नयाँ फिल्म ‘परस्त्री’ निर्माण सकिएको छ।

अब उनी फिल्म प्रदर्शनको उपयुक्त समयको खोजीमा छिन्। पाण्डेले यो फिल्म फागुन १९ गतेदेखि अल नेपाल प्रदर्शनको तयारी थालेकी छन्।

आफ्ना अघिल्ला फिल्ममा दीपेन्द्र के खनाललाई निर्देशकका रुपमा लिएकी पाण्डे यो फिल्मबाट भने आफ्ना छोरो सुरज पाण्डेलाई निर्देशक बनाएकी छन्। त्यसैले पनि फिल्म ‘परस्त्री’प्रति उनको अलि धेरै चासो र चिन्ता देखिन्छ।

फिल्मको प्रदर्शन मिति खोज्दै गर्दासम्म पनि उनले फिल्मको कुनै पोस्टर तथा गीत रिलिज गरेकी छैनन्। यसपटक फिल्म निर्माणमा कुनै कसर बाँकी नराखेको पाण्डेको भनाइ छ। भन्छिन्, ‘छोराले फिल्म गज्जब बनाएको छ । खर्च पनि साढे २ करोड बढी भएको छ।’

तर फागुन १९ मा पाण्डेलाई आफ्नो फिल्म चलाउन त्यति सजिलो भने छैन। यो मितिमा दीपक–दीपाको ‘छक्का पञ्जा ४’ तथा अनमोल केसी स्टार ‘छड्के २’ले प्रदर्शन मिति तय गरिसकेका छन्। त्यसैले शर्मिला यो मितिबाट पछि हटेर आफ्नो फिल्म चैत्र १२ का लागि प्रदर्शन तयारी गरेको बताइएको छ। शर्मिला भने आफूले पहिले नै सोच बनाएको फागुन १९ मै फिल्म प्रदर्शन गर्छु भन्न छोडेकी छैनन्। 

फिल्ममा कोसिस क्षेत्री र शिल्पा मास्केले शीर्ष भूमिका निर्वाह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .