नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाइमाथि बनेको बलिउड फिल्म ‘गुल मकई’ जनवरी ३१ मा रिलिज हुने भएको छ।
अमजद खानको निर्देशनमा बनेको फिल्ममा रिम शेख मलालाको भूमिकामा देखिएकी छन्।
गुल मकई पाकिस्तानमा हुँदा अभियन्ता मलालाले प्रयोग गर्ने छद्म नाम थियो। उनी तालिवानको आक्रमणमा परेर गम्भीर घाइते भएकी थिइन्।
महिला शिक्षा र अधिकारका लागि उनको अभियान अझै जारी छ। एजेन्सी

प्रतिक्रिया