ad ad

कला


हरि उप्रेती : ‘लंका’का डीआईजी देशका रक्षामन्त्री

हरि उप्रेती : ‘लंका’का डीआईजी देशका रक्षामन्त्री

‘लंका’मा डीआईजीको भेषमा रक्षामन्त्री हरि उप्रेती (बायाँ)


नेपालखबर
माघ ६, २०७९ शुक्रबार ७:५५, काठमाडौँ

देशको रक्षामन्त्री बनेका हरि उप्रेती कलाकार पनि हुन्। श्याम भट्टराईको निर्देशनमा बनेको फिल्म ‘लंका’मा उप्रेतीले अभिनय गरेका थिए। फिल्ममा उनी प्रहरी नायब महानिरीक्षक (डीआईजी) को भूमिकामा छन्। 

सात वर्षअघि रिलिज भएको यो फिल्ममा रेखा थापा र किशोर खतिवडाले शीर्ष भूमिका निर्वाह गरेका छन्। रियलमा हरि अभिनेता निखिल उप्रेतीका दाइ हुन्। फिल्म ‘लंका’मा केमियो भूमिका निर्वाह गरेका उनी प्रहरीको बर्दीमा देखिएका छन्। 

उप्रेती नेकपा एमालेबाट सर्लाही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। चुनावका बेला हरि उप्रेती बिरामी भएपछि उनका अभिनेता भाइ निखिल दाजुलाई भोट माग्दै घरदैलोमा निस्किएका थिए। 

हरि रक्षामन्त्री भएपछि उनलाई फिल्म खेलाउने निर्देशक श्याम भट्टराईले असल व्यक्तित्व भएको र स्थानीय स्तरमा लोकप्रिय मान्छे खोजेको बेला हरिलाई अभिनय गराएको स्मरण गरेका छन्।

श्याम अहिले अमेरिकामा बस्छन्। हरिलाई बधाई दिँदै श्यामले हरिले आफ्नो दृश्यमा आफैंले स्वरांकनसमेत गरेको बताएका छन्। 

हरि रक्षामन्त्री बनेपछि उनलाई भेट्न भाइ निखिल र अर्का कलाकार रमेश उप्रेती बिहीबार सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पुगेका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .