कला


विमानस्थलको एलिभेटरमा नायिका अड्किएर लडेपछि...

विमानस्थलको एलिभेटरमा नायिका अड्किएर लडेपछि...

नेपालखबर
माघ ४, २०७९ बुधबार २१:१६, काठमाडौँ

अभिनेत्री उषा रजकको एउटा भिडिओ अहिले निक्कै चर्चामा छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको एलिभेटर अड्किएर आफू र छोरी लडेपछि उनले बनाएको भिडिओ अहिले भाइरल भएको छ।

यो भिडिओलाई लिएर थुप्रैले विमानस्थलको यात्रु सुरक्षा र सहजतालाई लिएर बहस गरिरहेका छन्।

सोमबार मध्यराति आफू लगायत अन्य यात्रू पनि सानो दुर्घटनामा परेको उषाले भिडियोमा बताएकी छिन्। ट्रली र सुटकेसबीच थिचिएर आफूहरुलाई सानोतिनो चोटपटक लागेको समेत उषाले बताएकी छिन्। 

‘अबदेखि यस्तो नहोस् भन्नलाई मैले के गर्नुपर्छ, सुझाव पाऊँ’ भन्दै पोस्ट गरेको उक्त भिडिओमा उनी निक्कै आक्रोशित मुद्रामा देखिएकी छिन्। 

उषाले भेकी छिन्, ‘यो एकदमै खतरनाक एलिभेटेर हो। यो डिजाइनिङ कसले गरेको हो। झण्डै ज्यान लिन लागेको थियो हाम्रो। झण्डै मेरो बच्चा किचेर मर्न लाग्यो। यो एकदम गलत हो। एकदमै करप्टेड। झण्डै खुट्टा भाँचिएको थियो हाम्रो।’

उषाले यो भिडियो पोस्ट गरेपछि उनलाई सर्मथन गर्ने थुप्रै देखिएका छन्। अभिनेत्री करिश्मा मानन्धर लगायतका मानिसले उनको भिडिओ पोस्ट गर्दै विमानस्थलमा भएको गम्भीर त्रुटिलाई सच्याउनुपर्ने बताएका छन्। 

उषाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि त्रिभुवन विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .