कला


गायक हेमन्त शर्मा भन्छन् : आयोजक भाइले धन्न त्यही जहाजको टिकट काटिदिएनछन्

गायक हेमन्त शर्मा भन्छन् : आयोजक भाइले धन्न त्यही जहाजको टिकट काटिदिएनछन्

नेपालखबर
माघ १, २०७९ आइतबार १५:३३, काठमाडौँ

चर्चित गायक हेमन्त शर्माले आइतवार ९ बजेतिर बागलुङतिर लागेँ भन्दै फेसबुकमा एउटा पोस्ट राखे।

'धेरैपछि बाग्लुङतिर, आज जैमिनी महोत्सवमा गीत गाउन आउँदैछु है', उनले अगाडि लेखेका थिए, 'माघे संक्रान्तिको सबैमा हार्दिक शुभकामना!'

यति लेखेपछि उनी काठमाडौंबाट पोखरातिर लागे। उनी बागलुङ जानका लागि आयोजकले पोखराका लागि आइतवार दुर्घटनामा परेकोभन्दा एक घण्टाअघिको टिकट काटिदिएका थिए।

संयोगवश उनी पोखरा पुगेको करिब एक घण्टापछि यतीको एटीआर जहाज काठमाडौंबाट उड्यो।

उक्त जहाजमा थिइन् बाग्लुङ घर भएकी गायिका निरा छन्त्याल। पोखरामा हुने माघी महोत्सवमा सहभागी हुन गएकी उनी जहाज दुर्घटनामा परिन्। तर एक घण्टाअघिको उडानका कारण हेमन्त शर्मा पोखरा पुगे। 

'धन्न! आयोजक प्रशान्त भाइले टिकट केही पछिको गरिदिएनछन्', शर्माले लेखेका छन्, 'आज म काठमाडौंबाट पोखरा उडेको करिब १ घण्टापछि काठमाडौंबाटै पोखराका लागि उडेको जहाज नराम्ररी दुर्घटना ग्रस्त भएछ।'

उनले त्रिभुवन विमानस्थलको प्रतिक्षालयमा देखेकै कयौँ यात्रु परेको भन्दै दु:ख व्यक्त गरेका छन्। 'सँगै वेइटिङमा रहनुहुने देखादेख भएकै कति यात्रु पक्कै पर्नुभयो। साह्रै दुखः लाग्यो', उनले भनेका छन्, 'सम्पूर्ण मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जलि!'

उनले जिन्दगीको केही भर नभएको भन्दै पीडा पोखेका छन्। 'जिन्दगीको केही भर छैन। मेरो बिहानको बाग्लुङ यात्राको पोष्ट हेरेर मलाई देश बिदेशबाट कल/म्यासेज  गरि चासो ब्यक्त गर्नुहुने सबैलाई धेरै धेरै धन्यवाद!', उनले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad