ad ad

कला


साम्राज्ञीको स्टारडमः महोत्सवमा हुटिङ, हल शून्य

साम्राज्ञीको स्टारडमः महोत्सवमा हुटिङ, हल शून्य

नेपालखबर
माघ १, २०७९ आइतबार ९:१०, काठमाडौँ

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘तिम्रो मेरो साथ’ हलमा लागेको छ। अर्को फिल्म ‘ह्यारी की प्यारी’ प्रदर्शनको तयारीमा छ। साम्रज्ञीको दौडधुप निकै बढेको छ।

साम्रज्ञीले यतिबेला ‘तिम्रो मेरो साथ’को प्रचार सकेर ‘ह्यारी की प्यारी’को प्रचार सुरु गरेकी छन्। फिल्मको प्रचारका लागि उनी मोफसल यात्रामा छिन्। देशका विभिन्न स्थानमा भैरहेका मेला महोत्सवमा पुगेर फिल्मको प्रचार गरिरहेकी छन्।

फिल्म प्रचारका लागि मेला महोत्सवमा साम्राज्ञीलाई हेर्न दर्शकको बाक्लो उपस्थिति देख्न सकिन्छ। तर यही बेला हलमा उनको फिल्म चलिरहेको छ। फिल्ममा भने उनलाई हेर्न दर्शकले खासै चासो देखाएका छैनन्। उनको पछिल्लो फिल्म ‘तिम्रो मेरो साथ’को दर्शक हेर्ने हो भने साम्राज्ञीको स्टारडम खस्कियो भनेर चर्चा हुन थालेको छ। 

तर फिल्म प्रमोसनका क्रममा भने उनको क्रेज लोभलाग्दो देखिएको छ। फिल्म प्रचारका लागि चितवन महोत्सव पुग्दा उनको नाममा दर्शकले हुटिङ नै लगाए। यो हुटिङले फिल्मका निर्माता तथा निर्देशक रमेश एम के पौडेल आशावादी देखिएका छन्। 

चितवनबाट सुरु भएको मोफसल टुर देशका विभिन्न सहरमा पुग्ने निर्माता पौडेलले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .