कला


केटाकेटी जस्तै भएका मदनकृष्ण

केटाकेटी जस्तै भएका मदनकृष्ण

नेपालखबर
पुस २४, २०७९ आइतबार १२:३३, काठमाडौँ

नेपाली कलाक्षेत्रमा बरिष्ठ हांस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मित्रता उदाहरणीय मानिन्छन्। यो जोडीले आफ्नो सहयात्राको ४२ वर्षे यात्रा पार गरेका छन्। संघर्ष कालबाटै जोडियोको उनीहरुको मित्रताले जीवनमा थुप्रै उतारचढाव बेहोर्यो। तर यो जोडी निरन्तर उस्तै प्रेमिल यात्रामा छ।

मदनकृष्ण र हरिवंशले एकअर्काको साथ नभएको भए जीवनको यात्राले अर्कै बाटो समातेको हुनसक्ने कुरा बेला मौकामा बताउँदै आएका छन्। शनिबार फिल्म महापुरुष टीमले आयोजना गरेको बनभोज तथा धन्यवाद ज्ञापन कार्यक्रममा मदनकृष्णले हरिवंश आचार्यलाई आफ्नो जीवनको अचिभमेन्ट अवार्डका रुपमा ब्याख्या गरे। उनले भने ‘हरिवंश नभएको भए मेरोे जीवन अहिलेको गतिमा चल्दैनथ्यो ।’

बोल्दै गर्दा मदनकृष्ण निक्कै खुशी देखिन्थे। पको उमेरका मदनकृष्ण बोल्दै गर्दा कताकता केटाकेटी जस्तै सुनिन्थे। हरिवंशसँगको सहयात्रा सम्झदै मदनकृष्ण मञ्चमै उभिएर नाचिदिए।

उनले ‘अब हाम्रो सहयात्रा ४३ वर्षको हुन्छ, हुर्रे’ भन्दै माइकै समातेर स्टेजमा उभिएर नाचे। उनको यो खुशी देखेर उपस्थित कलाकार भन्दै थिए ‘मदनकृष्ण दाई त केटाकेटी जस्तै हुनुभएछ ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad